pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ क्याम्पसका स्ववियु उमेदवारलाई पुर्व सभापति गोलेको सुझाव

FB_IMG_1742454634536-1742454687.jpg

पालुङ क्याम्पसका पुर्व स्ववियु सभापति मुकेश गोले

प्रिय साथिहरु अविवादन
पालुङ क्याम्पस मकवानपुर 
सन्दर्भ स्वबियु निर्बाचन २०८१
 "स्टुडेन्ट लाईफ गोल्डेन लाईफ"भनिन्छ, यस कालमा बिभिन्न नयाँ  विषयको ज्ञान आर्जन गर्ने समय हो । विद्यार्थी जीवनको पहिलो प्राथमिकता अध्ययन र संगै ब्यबहारिक ज्ञान आर्जन गर्नु हो । 
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थिहरुको बिचबाट प्रजातान्त्रीक अभ्यास स्वतन्त्र विद्यार्थि युनियन (स्ववियु) निर्वाचन हो । स्ववियु निर्वाचनमा विद्यार्थिले आफ्नो हक हितको सुनिश्चितता  गराउनको लागि विद्यार्थि बिचबाट आफ्नो नेतृत्व चयन गराउन पाउने एक प्रकृया हो । 
निर्वाचनमा हार वा जित एक निस्चित हुन्छ,यो एक ब्यबहारिक अभ्यास हो । बिषय प्रसङ्गमा हाल विश्वविद्यालय ले आफ्नो वार्षिक क्यालेन्डर अनुसार  स्वबियु निर्बाचन तोकिएको र सोहि अनुरुप निर्वाचन सम्पन्न भएर नतिजा सार्वजनिक भैइरहेको र केहि स्थानमा स्थगित भएको छ । 
बिभिन्न बिमतिहरुको शिलशिला चलिरहेको अवस्थामा पालुङ बहुमुखी क्याम्पसमा पनि निर्वाचनको सबै कार्यक्रम सम्पन्न पश्चात पनि निर्वाचन हुन सकेको छैन । 
निर्वाचन हुन नसक्नुका बिभिन्न कारण हुन सक्छ तर यसको प्रत्यक्ष असर विद्यार्थीलाई पर्छ । आफ्नो नयाँ नेतृत्व चयन गर्न नपाउनु,  नयाँ कार्यसमितिमा जान नपाउनु यसको गहिरो प्रभाव विद्यार्थि माथि नै पर्दछ । चुनाब कसरि स्वच्छ प्रतिस्पर्धामा गराउन सकिन्छ र नयाँ नेतृत्व कसरि प्राप्त गर्न सकिन्छ?त्यो तर्फ ध्यान दिनुपर्ने आवश्यकता नेतृत्वमा जान चाहने विद्यार्थीले बुझ्न जरुरि देख्छु । 
समाजिक संजालमा आफुसंगै अध्ययनरत विद्यार्थी साथीलाई,आफुलाई पढाउने गुरुलाई लान्छना लगाउने अराजग गतिबिधिको लागि स्वबियु निर्वाचन होईन। नेतृत्वका आकंक्षि साथिहरुमा एक अर्कालाई आरोप प्रत्यारोप भन्दा रचनात्मक योजना खै ?म नेतृत्वमा जान म संग यो यो योजना छ भनेर प्रस्ट गरेको खै ?क्याम्पपस सुधारका योजना हरु  प्रस्तुत किन नगरिएको ?संगठनको आडमा मैले नै जित्नुपर्छ भन्ने मात्र सोच भएको पछिल्लो गतिबिधिले प्रस्ट भएको छ।
अहिलेको निर्वाचनमा नेतृत्वका आकंक्षि मध्ये केहि उम्मेदवार अघिल्लो कार्य समितिमा रहेर कार्य गरेको विद्यार्थिसाथिहरु पनि देख्छु । मैले मेरो कार्यकालमा मैले के के रचनात्मक कार्य गरेको छु भनेर बुँदगत रुपमा सार्बजानिक गर्न नसक्ने अनि फलानोले जितेर के गर्यो भनेर सामाजिक संजालमा आरोप लगाउने? यो एक बौद्धिक विद्यार्थीको गुण होईन।
 रह्यो हामिले के कस्ता कार्यक्रम सन्चालन गरेको त्यो जो वास्ताविक विद्यार्थी हो उस्ले पक्कै महसुस गरेका छन।
म निर्वाचित हुँदा मैले मेरो घोषण पत्रमा लेखेको र बोलेको कुरा के कति भएछ त्यो क्याम्पसमा पुगेर नियाल्नु हुन तथा एक पटक हामिले प्रस्तुत गरेको घोषण पत्र लाई नियाल्नुहुन सादर अनुरोध छ । तपाई उम्मेदवार हुनुहुंदै गर्दा तपाईंको एक महत्वपुर्ण जिम्मेवारि निर्वाचन सम्पन्न गराउनु हो त्यो बुझ्न जरुरि छ ।
 तपाईका योजना सहित आउनुस प्रतिस्पर्धा गर्नुस , विधि पद्धती अनुसार निवार्चनमा सहभागी हुनुहोस् तपाईहरु सबैजनालाई शुभकामना छ , तर विद्यार्थीहरुको  हितकोलागि कुनै ठोस योजना नहुने , निर्वाचन अबरुद्ध गर्ने जस्ता कार्य नगर्नुस मेरो अनुरोध छ ।

यस बाट पालुङ क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा क्याम्पसको नियमित गतिबिधि लाई प्रभाब पर्नेगरि अनिर्णयको बन्दि बनाउन कसैलाई पनि छुट छैन । तमाम बिमतिको बिषयमा बसेर छलफल गरौं ,यो विशुद्ध विद्यार्थिको पर्ब हो यसमा पक्कै पनि बिद्यार्थिको सहभगित जनाउने हो र हाम्रो जस्तो ग्रामिण क्षेत्रको सामुदायिक क्याम्पसमा अधिकांश छोरि बुहारि तथा न्युन आर्थिक अवस्था भएको र सहर बजारमा अध्ययन गर्ने अवस्था नभएको ,खेति किसान गरेर क्याम्पसम अध्ययन गर्ने बिद्यार्थि हुनुहुन्छ । भर्नाको बिषयमा प्रथम वर्षमा भर्ना भए देखि अन्तिम बर्षमा जेनतेन सबै फि क्लियर गर्ने सुबिधा तपाई हामिले नै उपभोग गरेको नै हो ।

२०७३ सालमा स्वबियु निर्वाचन हुँदा क्याम्पसले भर्ना भएको विद्यार्थीले मात्र निर्वाचन भाग लिन पाउने सुचना प्रकाशित भए पछि बिभिन्न संगठन बाट दुई तिहाई संख्यामा संगठन बाट भर्ना हुँदा म सभापतिको उम्मेदवार थिए , म र मेरो टिमले त्यसलाई विद्यार्थी साथिले पाएक सुबिधाको रुपमा लिएका कुरा मलाई आज जस्तै लाग्छ । स्नातक तहमा अध्ययन गर्ने बिद्यार्थिले आफ्नो सो बिबेकले कार्य गर्न सक्छ त्यो पनि बिचार गर्न सक्छ र कस्लाइ भोट दिने नदिने , उम्मेदवार बन्ने नबन्ने स्वयमको निर्णय लाई सम्मान गर्नु पर्छ , छात्रबृत्ति को बिषयमा सकिन्छ अझ थप कसरि गर्न सकिन्छ त्यो योजना लिएर चुनाबि मैदानमा उत्रिनु भएको भए आज म पुर्ब सभापति भएकोमा गर्ब गर्थे तर बिडम्बना त्यसो भएन । क्याम्पसले दिने छात्रबृत्ति प्रस्ट छ यो क कस्ले पाउने भनेर तर यो बिषयम यो किसिमको लान्छना मनासिब छैन ।
 समय अझै छ , यि सबै विषयलाई एक सिकाइको रुपमा लिनको लागि अनुरोध छ । उत्तरी क्षेत्रमा अवस्थित एक मात्र उच्च शिक्षालय पालुङ क्याम्पस हाम्रो क्याम्पस राम्रो क्याम्पस बनाउन एक इट्टा थप्नुहोस् ।

विश्वबिद्यालय स्तरमा अध्ययनरत विद्यार्थि एक बौद्धिक तथा शिक्षित विद्यार्थी रचनात्मक हुनुहुन र बिमतीको बिषयमा बसेर छलफल गर्न र हामि विद्यार्थीहरुको पर्वलाई हर्षाउल्लसित भएर सहभागि बनौं सबै उम्मेदवार मा मेरो बिनम्र अनुरोध छ ।
मुकेश गोले 
पुर्व स्वबियु सभापति
 पालुङ बहुमुखि क्याम्पस, थाहा ३ मकवानपुर

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...