himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

पालुङको खाल्डेबजारमा सुरक्षित आप्रवासनसम्बन्धी सूचनामूलक बाेर्ड स्थापना

FB_IMG_1677425571304-1677425589.jpg

वैदेशिक रोजगारीप्रति नेपालीहरु बढी आकर्षित छन् । गाउँ सुन्य पारेर परदेशिने युवाहरुको संख्या बढ्दो छ ।
दिनहुँ नेपालबाट मुटु कलेजो, फोक्सो जाँचेर र पाखुरा छाती नापेर २५०० बढी स्वस्थ्य तथा तन्दुरुस्त युवाहरु विदेशिन्छन् ।

दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेका युवाहरुको प्रमुख गन्तव्य बनेको छ, विदेश । नेपाली कामदारहरुको रोजगारीको आकर्षक गन्तब्यको रुपमा रहेका मुलुकहरुमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन् ।

अमेरिका अस्ट्रेलिया क्यानडा लगायतका मुलुकहरूमा पनि  नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।

वैदेशिक रोजगारीमा जाँदा धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । वैदेशिक रोजगारीमा जाने बेला सानातिना कुराहरुको वेवास्ता गर्दा कहिलेकाही ठूलो समस्या झेल्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिएको, विदेशमै अलपत्र परेको, एक ठाउँ भनि जाँदा अर्कै ठाउँ परेको, भनेजस्तो तलब नपाएको जस्ता गुनासाहरु धेरै आउने गरेको पाइन्छ । कतिपय व्यक्तिहरुलाई आफुले गर्ने काम, तलब र सुविधाका बारेमा समेत थाहा हुँदैन । जसले गर्दा उनीहरु ठगिने गरेका छन् ।

त्यसैले वैदेशिक रोजगारीमा जानुअघि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस्ता विदेश जानुअघि ध्यान दिनुपर्ने कुराहरु र गर्नुपर्ने मुख्य कामहरुलाई समेटेर थाहा नगरपालिका सुरक्षित आप्रवासन कार्यक्रम सामीले वडा नम्बर २ कार्यालयसँग मिलेर  खाल्डेबजारमा सूचनामूलक बाेर्ड राखेकाे छ ।

सूचना तथा जानकारीमूलक बाेर्डमा  वैदेशिक रोजगारमा जाने कामदारहरुले आफु कुन देश जाने हो सो देशबारे जान्नुपर्ने,   केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानुपर्ने,  घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्ने, देशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जानुपर्ने,  विश्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फत् जानुपर्ने, पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनुपर्ने, भरपाइ दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नुपर्ने, स्वदेशी विमानस्थलवाट मात्र जानुपर्ने, लगायतका बारेमा सचित्र जानकारीहरु राखिएका छन् ।

बाेर्ड स्थापना कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बमबहादुर सिन्तान, सामीका फाेकल पर्सन थाहा नगरपालिकाका अधिकृत कुमार नेगी, सामी वित्तीय साक्षरता सहजकर्ता मेलिना खत्री, सामी मनाेसामाजिक परामर्शकर्ता सुनिता बस्नेत, रिटर्नी स्वयम्सेवक सुस्मिता श्रेष्ठ लगायत स्थानीय समुदायकाे सहभागिता रहेकाे थियाे ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg