pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालिका स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिताको उपाधी सल्ले राम्चे युवा क्लबलाई

FB_IMG_1736954675317-1736954704.jpg

थाहा नगरपालिका वडा नम्बर ८ को ऐसेलुखर्कमा जारी पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी सल्ले राम्चे युवा क्लवले जितेको छ।
२ माघमा चण्डेश्वरी युवा क्लब र सल्ले राम्चे बिच भएको फाइनल प्रतियोगितामा सल्ले राम्चे युवा क्लबले चण्डेश्वरी लाई २५-१८,२५-२३ र २५-१२ को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो।
उपाधी संगै सल्ले राम्चे युवा क्लबले नगद एक लाख सहित ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता चण्डेश्वरीले ५० हजार नगद सहित ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी सल्ले राम्चेका नवीन महतो पुतली घोषित हुँदा वेष्ट सेटर सल्ले राम्चेका मन्जिल गुरुङ बन्न सफल भए भने बेष्ट सर्भर सल्ले राम्चेकै बलराम सुवेदी हुँदा बेस्ट ब्लकर चण्डेश्वरीका प्रवेश कार्की,बेस्ट लिब्रो सल्ले राम्चेका अनिल मोक्तान र बेस्ट स्पाइकर चण्डेश्वरीका अफसोच साही ठकुरी हुन सफल रहे।
प्रतियोगितामा बिजेता,तथा उत्कृष्ट खेलाडी हरुलाई प्रमुख अतिथी नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल निर्माण व्यावसायि महासंघका पुर्व अध्यक्ष जयराम लामिछाने तथा विशिष्ट अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गरेका थिए।

नमुना जागरण युवा क्लवको अध्यक्ष जयराम घलानको अध्यक्षतामा सम्पन्न समापन समारोहमा थाहा नगरपालिकाका निवर्तमान उपप्रमुख खड्क गोपाली, वडा न ८ का अध्यक्ष हेम कुमार लामा,वडा न ७ का अध्यक्ष शिवराज थिङ,वडा न ९ का अध्यक्ष राजकुमार बलामी,नेपाली काङ्ग्रेस नगर उपसभापति नवराज कार्की,थाहा ८ का पुर्व वडा अध्यक्ष टिकाराम रुम्बा,पालुङ जेसीजका महासचिव बिक्रम गोपाली,तामाङ घेदुङका नगर अध्यक्ष दिपेन्द्र कुमार थिङ,कार्यक्रमका आर्थिक संयोजक सिताराम घलान,आग्रा कृषि सहकारीका अध्यक्ष रमेश सेन्चुरी,रम्भादेबी एग्रीग्रेटका संचालक अर्जुन थापा,नेपाल भुतपुर्व सैनिक संघ मकवानपुर जिल्ला अध्यक्ष कमल कुमार केसी,लगायतका आतिथ्यता रहेको थियो।
२८६१ औं सोनाम ल्होछारको अवसरमा आग्राको पर्यटनलाई चिनाउनको लागि महोत्सव आयोजना गरिएको आयोजक समितिका सल्लाहकार रामकुमार घलानले बताउनुभयो।
घलानका अनुसार हाल थाहा नगरपालिकाको वडा न ७ र ८ तथा तत्कालीन आग्रा गाबिसमा रहेको पौराणिक,ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रचार प्रचार र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको बताए।
आग्रामा डाडाबास पार्क,स्तम्भ डाडा बुद्ध पार्क,सप्तकन्या गुफा,काला कण्ठेश्वर महादेवको मन्दिर,गोक्सेखानी भग्नावसेस दरबार,बथानचुली झण्डाचुली,उन्यु चौर,कैलाश डाडा,६४ ज्योतिर लिङ्ग मध्यको एक कुटेश्वर महादेव,र नेपालकै तेस्रो झोलुङे पुल अवलोकन तथा घुमफिर गर्न सकिने घलानले बताए।
४ दिन सम्म चलेको मिनि महोत्सवमा राष्ट्रिय कलाकारहरु गायिका शान्ता रानी परियार,जितु लोप्चन,बाबुकृष्ण परियार,सानू केसी,सर्मिला गुरुङ(सरु),रजनी लामा र डान्सर हरु ममता रानामगर,पुजा सुनार, सविना राई,उद्घोषक पिम्सरा आले मगर र राममाया वाइवा सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो।
कार्यक्रममा तामाङ खाना,तामाङ संस्कृति झल्कने विभिन्न झाकी सहित बिबिध स्टलहरु रहेको थियो।

FB_IMG_1736954685300-1736954704.jpg
FB_IMG_1736954769998-1736954791.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...