pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालिकालाई पत्र लेखेर आन्दोलनमा काठमाडौं हिडे शिक्षक

FB_IMG_1695138362655-1695138390.jpg

 

२७ भाद्रमा संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधयेकको विरोधमा नेपाल शिक्षक महासंघ थाहानगर कार्यसमितिले अनिश्चित कालिन विद्यालय बन्द गरेर सरकार विरुद्ध प्रदर्शनमा उत्रन शिक्षकहरुलाई आव्हान गरेको छ । महासंघले २ असोजमा अपिल प्रकाशन गर्दै दर्ता भएको विधेयक सार्वजनिक शिक्षा तथा शिक्षक, विद्यालय कर्मचारी एवम् बाल विकास सहजकर्ताहरुको हकहीत विपरित रहेकोले ३ असोजबाट अनिश्चितकालिन विद्यालय बन्द गरी काठमाण्डौं केन्द्रित प्रदर्शन कार्यक्रममा सहभागी हुन आव्हान गरेको हो । 

 

२ असोजमा नेपाल शिक्षक महासंघसहित एकीकृत अखिल नेपाल शिक्षक संघ थाहानगर, नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर, नेपाल शिक्षक संघ, अखिल नेपाल शिक्षक संघ थाहानगर राहत शिक्षक समिति, छुट अस्थायी करार संघर्ष समिति, नेपाल विद्यालय कर्मचारी युनियन थाहानगर, हिष्टुन थाहानगर तथा बाल विकास युनियन थाहानगरले संयुक्त अपिल जारी गर्दै सबैलाई आन्दोलमा सहभागी हुन आव्हान गरेको हो । २ असोजमा थाहानगरमा विद्यालयका प्रधानाध्यापक, महासंघ सम्बद्ध संघ–संगठनहरुको संयुक्त बैठकबाट यस्तो निर्णय भएको हो । बैठकले वडागत संयोजक समेत तोकेर आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ भने आन्दोलन अवधिभर विद्यालका कार्यक्रमहर बहिष्कार गर्न अपिल गरेको छ ।

 

   

आन्दोलमा सहभागी हुन वडा संयोजक तोकियो

थाहा नगरपालिकाबाट आन्दोलनमा सहभागी हुन जाने शिक्षकहहरु व्यवस्थापन गर्नका लागि वडा संयोजकहरु तोकिएको छ । आन्दोनलाई सफल र निर्णायक बनाउनका लागि संयोजकहरुको व्यवस्था गरिएको नेपाल शिक्षक महासंघ थाहानगरका अध्यक्ष राजाराम कार्कीले जानकारी दिए ।

थाहा नगरपालिकाको वडा नम्बर १ को संयोजकमा गणेशमान श्रेष्ठ, २ को छमकला बस्नेत, ३ को राजेन्द्र विष्ट, ४ को मनोज रायमाझी, ५ को जयराम अधिकारी, ६ को वडा संयोजकमा बिनोद सुवेदीलाई तोकिएको छ । त्यस्तै वडा नम्बर ७ को संयोजकमा सुजिन्द्र गोले, ८ को राजकुमार कार्की, ९ को जंगबहादुर लामा, १० को किशोर गोपाली, ११ को विरमान लामा र १२ नम्बर वडा संयोजक कमल थापामगरलाई तोकिएको छ ।

पालिकालाई पत्र लेखेर शिक्षक आन्दोलन गर्न काठमाण्डौं हिँडे

थाहा नगरपालिकाका शिक्षकहरु थाहा नगरपालिकालाई जानकारी पत्र लेखेर आन्दोलन गर्न काठमाण्डौ हिँडेका छन् । थाहा नगरपालिकामा रहेका शिक्षक महासंघ आवद्ध पेशागत संघ–संगठन र प्रधानाध्यापकहरुको समेत आन्दोलनमा समर्थन रहेको जानकारी गराउँदै आन्दोलनलाई तार्किक निष्कर्षमा पु¥याउन ३ असोजबाट शुरु हुने बृहत्त प्रदर्शनीका लागि शिक्षकहरु काठमाण्डौ हिँडेका हुन् ।

आन्दोलनमा सहभागी हुनको लागि २ असोजमा भएको पूर्वतयारी कार्यक्रममासंगै थाहा नगरपालिकालाई आफूहरु आन्दोलनमा जान लागेको नेपाल शिक्षक महासंघले पत्र लेखेर जानकारी गराएको हो ।

आन्दोलनमा सहभागी गराउन हेडसरलाई पत्र

नेपाल शिक्षक महासंघले ३ असोजबाट काठमाण्डौं केन्द्रित आन्दोलनमा शिक्षकहरुलाई सहभागी गराउन प्रधानाध्यापकहरुलाई अनुरोध गरेको छ । २ असोजमा थाहा नगरमा भएको संयुक्त बैठकको निर्णय अनुसार आन्दोलनमा सहभागी हुन पत्राचार गरेको हो । प्रधानाध्यनापकहरुको समेत समर्थन रहेको आन्दोलनमा शिक्षकहरुलाई सहभागी गराउन महासंघले भनेको छ ।

आन्दोलनको कार्यक्रममा विद्यालयहरुमा रहेको शिक्षकहरु, कर्मचारी तथा बाल विकास सहजकर्तालाई सहभागीताको लागि सूचित गरिदिन पत्र मार्फत महासंघले अनुरोध गरेको हो ।

 

 
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...