himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

पालिकामा अनियमितताकाे उजुरी बढ्दाे : अख्तियार दुरुपयाेग आयाेग

ciaa_meeting_drnh3CrJST-1637023284.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकामा अनियमितताकाे उजुरी बढेको बताएको छ । आज सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले पालिकामा हुने अनियमितताकाे उजुरी बढेको बताएको हो । 

आयोगको ३१ औँ वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरीहरू पनि पालिकामा भएका कारण यसको सङ्ख्या बढेको बताउनुभयो । उहाँले पालिकामा अनियमितताका उजुरीहरू बढिरहेको भन्दै भ्रष्टाचारजन्य गतिविधिमा नागरिकहरूको नजिकको सरकारमा निगरानी बढेका कारण सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

प्रवक्ता रिसालले अख्तियारले बयान गराउन स्थलगत रूपमा छानबिन गर्न नसकेका कारण मुद्दा दायरमा कमी भएको बताउनुभयो । उहाँले कतिपय कुरा आयोगले अनुसन्धान गर्न नसक्दा पनि कमी आएको बताउनुभयो । प्रवक्ता रिसालले आयोगको लक्ष्य तथ्य र प्रमाणको आधारमा निर्णय गर्ने भएकाले मुद्दा दायरको सङ्ख्यामा कमी आएको बताउनुभयो ।

गएकाे आर्थिक वर्षमा सङ्घीय मामिला (पालिकासमेत) ३२ दशमलव ७२ प्रतिशत उजुरी परेका छन् भने शिक्षा (पालिकासमेत) १५ दशमलव ६१, भूमि प्रशासनमा ९ दशमलव ०९, वन तथा वातावरणमा ५ दशमलव ०१, स्वास्थ्य तथा जनसङ्ख्यामा ३ दशमलव ९३, भौतिक पूर्वाधार तथा यातायातमा ३ दशमलव ७६, गृह प्रशासनमा ३ दशमलव ४७, ऊर्जा जलस्राेत तथा सिँचाइमा ३ दशमलव ०९, अर्थमा २ दशमलव ०९, नक्कली शैक्षिक प्रमाणपत्रमा ५ दशमलव ६१, गैरकानुनी सम्पत्ति आर्जनमा ३ दशमलव ३८ र अन्य क्षेत्रमा १२ दशमलव २५ प्रतिशत उजुरी परेको आयोगले उल्लेख गरेको छ । गएकाे आर्थिक वर्षमा २२ हजार ६ सय २५ वटा उजुरी परेकोमा १४ हजार पाँच सय ३२ वटा फर्छ्याेट भएको अख्तियारले बताएको छ । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg