Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर ।
पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गोबिन्द कार्की प्रमुख अतिथि रहनु भएको थियो भने सहकारीका अध्यक्ष नवराज कार्कीले सभाको अध्यक्षता गर्नुभएको थियो।
कार्यक्रमको प्रारम्भमा अध्यक्ष नवराज कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले विगत १९ वर्षको यात्रामा उल्लेखनीय प्रगति गर्न सफल भएको बताउनुभयो। उहाँले संस्थाको आफ्नै भवन निर्माणको कार्य सुरु भइसकेको जानकारी दिँदै सहकारीले यो स्तरमा आइपुग्न संस्थाको मूल्य–मान्यता, सिकाइ र सम्पूर्ण सदस्यहरूको सामूहिक प्रयासको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो।
अध्यक्ष कार्कीले सहकारीलाई अझ सुदृढ र गुणस्तरीय बनाउनका लागि संस्थाको सञ्चालक समिति र कर्मचारीहरूको क्षमता विकास, भौतिक संरचना विस्तार तथा प्रविधिमैत्री प्रणाली विकासलाई प्राथमिकता दिने बताउनुभयो। साथै, विभिन्न नीति–नियम तर्जुमा र परिमार्जनमार्फत संस्थालाई आधुनिक सहकारीको रूपमा अगाडि लैजाने योजना रहेको उहाँको भनाइ थियो।
साधारणसभामा संस्थाका सचिव भुपेन्द्र हमाल ठकुरीले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्षले आर्थिक विवरण सार्वजनिक गर्दै संस्थाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ६ करोड ५१ लाख ३६ हजार रुपैयाँको कारोबार गरेको जानकारी दिनुभयो।
प्रतिवेदन अनुसार हाल संस्थामा १,८४३ जना शेयर सदस्य रहेका छन्। आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको शेयर पूँजी १ करोड १४ लाख रुपैयाँ पुगेको छ। बचत रकम गत वर्षको तुलनामा १० लाख ८३ हजारले वृद्धि भई हाल ३ करोड ५ लाख रुपैयाँ पुगेको छ। यसैगरी सहकारीको कुल कारोबार ४३ लाखले वृद्धि भई ६ करोड ५१ लाख ३६ हजार रुपैयाँ पुगेको, ऋण लगानी ४ करोड ५५ लाख रुपैयाँ रहेको, खराब कर्जा नोक्सानी व्यवस्थामा १९ लाख थप गरि ४० लाख ५५ हजार ९ सय ४५ रुपैयाँ ६८ पैसा पुराइएको र बाह्य ऋण ६१ लाख र चालु आर्थिक वर्षमा सहकारीले २४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको उल्लेख गरिएको थियो।
साधारणसभाको अवसरमा सहकारीका उत्कृष्ट सदस्यहरूलाई सम्मान पनि गरिएको थियो। उत्कृष्ट दैनिक बचत तर्फ थाहा–३ गोपाली गाउँका नरेश गोपाली र थाहा–२ फाटबजारकी सरिता भ्लोनलाई सम्मान गरिएको थियो। त्यस्तै उत्कृष्ट बचत तथा ऋणी सदस्यतर्फ थाहा–३ बाहुनगाउँका कुमार लामा, थाहा–३ कै साधुराम भुजेल, थाहा–२ अंगारेकी लक्ष्मी ढकाल र थाहा–२ पालुङका भोटे सार्कीलाई सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा सहकारीका पूर्व पदाधिकारी,संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg