himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

पहिरो गएको १२ घण्टामा मुख्य राजमार्ग खुलाउन सफल थाहा नगर अब ग्रामीण सडक मर्मत गर्दै।

FB_IMG_1727621697809-1727873044.jpg

चित्लाङ थानकोट सडक

असोजको १२ गतेको अबिरल बर्षाले अवरुद्ध बनेका  थाहा नगरपालिका भित्रका ग्रामीण तथा कृषि सडक संचालनमा ल्याउन जनप्रतिनिधिहरु कस्सिएर  सञ्चालनमा ल्याउन लागिपरिरहेका छन।
असोज ११ र १२ गते परेको अविरल बर्षाको कारण बाढी, पहिरो र खोलामा पानीको बहाव बढेपछि अवरुद्ध बनेका सडक संचालनमा ल्याउनको लागि नगरभित्रका १२ वटै वडाका वडा अध्यक्षहरु जेसीबी,एक्साभेटर लिएर आफै कार्यक्षेत्रमा खटिरहेका छन।
बेमौसमी तरकारी उत्पादनको लागि ख्याती कमाएको थाहा नगपालिका भित्र उत्पादित कृषिजन्य बस्तु निर्यात गर्नको लागि भएपनी शाखा सडकहरु धमाधम मर्मत गरिरहेको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताए। उनले नगरपालिकाका मुख्य सडक त्रिभुवन राजमार्ग र चित्लाङ चन्द्रागिरी सडक स्थानीय जनप्रतिनिधि र सडक बिभागको समन्वयमा १३ गते बेलुकी नै खुलाउन सफल भएपछि देशको पुर्वी भेगलाइ राजधानी संग जोडन सहज भए संगै थाहा नगरमा उत्पादित तरकारी लाई काठमाडौ सम्म पुर्याउनको निम्ति केहि सहज भएको बताउनुभयो।
"अब मुख्य हाइवेको समस्या तत्काल हटेको छ,अब किसानलाई धेरै भारी बोक्न नपर्ने गरि ग्रामीण तथा कृषि सडक मर्मत गर्नमा नगरपालिकाको ध्यान छ"उनले भने।
बिपदको बेलामा सबैको सहयोग र हातेमालो बाट नै बिपत्ति लाई परास्त गर्न सकिने भन्दै नगर उपप्रमुख भरत गोपालीले सम्पुर्ण जनप्रतिनिधि हरुले आआफ्नो ठाउँ बाट खटिएकोले त्रिभुवन राजमार्ग र चित्लाङ चन्द्रागिरी सडक खुलाउन सकेको बताउदै देशमै छिटो र नमुना काम गरेर जनप्रतिनिधिले आफ्नो कर्तव्य पूरा गरेको बताउनुभयो।
हाल नगरपालिकाको वडा न १,३,४,११ र १२ मा पर्ने त्रिभुवन राजमार्ग पुर्ण संचालनमा छ भने वडा न १,६,१०, र ९ मा पर्ने कुन्छाल,चित्लाङ थानकोट सडक संचालनमा रहेको छ।
तेसैगरी दामन डाडाबास सडकको डाडाबास सम्म सडक सुचारु भएको छ भने पुलको मुख देउराली चिसापानी ,देउखेल,चल्ती सडक अन्तर्गत चिसापानी सम्म सडक संचालनमा आएको जानकारी प्राप्त भएको छ।
थाहापाटीलाई प्राप्त जानकारी अनुसार वडा न १ मा टाखेल थोकरगाउँ ,गहते कुन्छाल सडकको गतिरोध हटाइ संचालनमा आएको छ भने खानी गाउँ - कुटिप्वाकल सडक र अधेरीखोला सडक भोलि देखि संचालनमा ल्याउनेगरी कार्य भैरहेको कार्यवाहक वडा अध्यक्ष सरोज प्रधानले जानकारी दिए।
तेस्तै वडा न २ को फेदिगाउ,देउराली,सोल्टु,अंगारे,पालुङको सडक मर्मत भएर तरकारी गाडी चल्न सक्ने भैसकेको छ भने भाङ्खोरियामा सडक मर्मत गर्न बाकी रहेको छ।
वडा न ३ मा रहेको सम्पुर्ण ग्रामीण सडकलाई तत्कालको लागि कृषकको कृषि उपजलाई खेर जान नदिने गरि ढुवानी लाई सहज रुपमा संचालन गर्नेगरी मर्मत गरिएको वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले जानकारी दिए।
वडा न ४ मा १३ गते नै बसपार्क घलेडाडा सडक र चौकी किटेनी सडक रुप्से सडक सुचारु गरेको वडाले माथिल्लो भेगका गोलमोड फापरबारी सडक र जुरेथुम जगरघारी सडक मर्मत भैसकेको जानकारी दिएको छ भने नारानझ्याउ ठुलोमाखु सडक र नयाँगाउँ भुइँडाडा सडक सुचारु हुन बाकी रहेको वडा कार्यालयले जानकारी दिएको छ।
बाढी पहिरोबाट क्षति पुगेको वडा न ५ को दामन भट्टेडाडा सडक र रुप्से फुर्के सडक मर्मत हुँदै गरेको वडा अध्यक्ष बिष्णु बहादुर गुरुङले जानकारी दिदै सम्पुर्ण भेगमा सडक मर्मत हुन केही समय लाग्ने बताउदै सेन्टर कलेक्सन गरेर भएतापनी कृषकले उत्पादन गरेको तरकारी लाई बजार सम्म पुर्याउने कार्य भैरहेको जानकारी दिए।
तेसैगरी वडा न ६ को ढल्ट-तसर-कटुन्जे सडक मर्मत गरिएको र मेनरोड मर्मत गरिसकेकोले कृषि उपज बजारसम्म लेराउन सहजीकरण गरिरहेको वडा अध्यक्ष राजनभक्त श्रेष्ठले जानकारी दिए।
तेसैगरी वडा न ७ मा पनि भित्री सडक धमाधम मर्मत भैरहेको जानकारी प्राप्त भएको छ भने वडा न ८ मा दामगाडे मोरिया सडक संचालनमा आएको छ।
वडा न १० मा बर्षाले सडक पुर्वाधारमा तेत्ती क्षति नभएको ,वडा न ९ मा चिलाङ थानकोट सडक संचालनमा रहेको हुँदा कृषि उपज ढुवानीमा सहज रहेको सम्बन्धित वडाले जानकारी दिएको छ।
बाढी पहिरोले वडा न ११ र १२ मा भने निकै समस्यामा पारेको वडा अध्यक्ष द्वय दिनेश बल र टिकाराम स्याङ्तानले बताए।
वडा न ११ मा तत्काल नर्वे चोक देखि महांकाल सम्मको बाटो  सफा गरि अटोमा भएपनी तरकारी ओसारेर हाइवेमा लेराइरहेको अध्यक्ष बलले जानकारी दिए।११ नम्बर वडामा भन्ज्याङ,चित्रे कुवापानी सडक र देउराली-औद्योगिक ग्राम सडक संचालन गरिएको जानकारी दिनुभयो।
वडा न १२ मा भने अहिले महांकाल हुँदै लिति सम्म जेनतेन सडक मर्मत गरेपनी अन्यस्थानमा भने मर्मत हुँदै गरेको वडा अध्यक्ष टिकाराम स्याङ्तानले जानकारी दिए।
स्याङ्तानका अनुसार अहिले धादिङको थाक्रे ५ बाट र थाक्रे ४ बाट जगडाडा आउने बाटो बनाउन लागिएको बताउदै अबको २ दिन भित्र सडक मर्मत गर्न नसके लाखौको काक्रो कृषकको बारीमै कुहिने बताउदै छिटो छिटो काम भैरहेको बताए।
वडा अध्यक्ष स्याङ्तानले दिनको २० टिप काक्रो बजार पठाउने समयमा सडक बिग्रदा समस्या परेको बताउदै किसानले उत्पादन गरेको कृषि उपजलाइ समयमानै बजारमा पुर्याउन जसरीपनि २ दिन भित्रमा बाटो मर्मत गरिसक्ने बिश्वास दिलाए।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg