Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

पर्याप्त रासायनिक मल नपाउँदा थाहा नगर लगायतका कृषकहरु चिन्तित

FB_IMG_1675774445515-1675774545.jpg

फोटो गणेश बिष्ट

थाहानगर, २४ माघ÷पर्याप्त रासायनिक मल नपाउँदा थाहा नगर लगायतका कृषकहरु चिन्तित छन् । बेमौसमी तरकारी खेतीको लागि पहिचान बनाएको थाहा नगरका कृषकहरु जसोतसो खेती गरिएपनि मल अभावले उत्पादन नहुने भएपछि चिन्तित भएका हुन् ।

‘खेती त जसोतसो गरिएला तर मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ ।’, थाहा ३ का कृषक सरोज कार्कीले दुखेसो पोखे । उनी जस्तै मकवानपुर जिल्लाका अधिकांश किसानले रासायनिक मल नपाउँदा हैरान भएका छन् । 

रासायनिक मल नहाली तरकारी उत्पादन नहुने हुनाले किसानहरु खेती लगाउने कि नलगाउने दोधारमा परेका छन् । यतिबेला थाहाका किसानलाई आलु, काउली, बन्दा अन्य बालीका लागि ठूलो परिमाणमा रासायनिक मल आवश्यक छ ।  

‘दिनभरि लाइनमा बस्यो १० किलो रासायनिक मलका पाईन्छ । हामीलाई कम्तीमा चार बोरा मल चाहिएको छ ।’ कृषक बिजय अधिकारीले बताउनुभयो ।

बिगत २ बर्षदेखि रासायनिक मलको अभाव भएकोले कृषकहरुले सोचेजति उत्पादन लिन सकेका छैनन् ।

किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ । खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ । 

रासायनिक मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ । सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसान मारमा परेका छन् । खेतीबारीमा व्यस्त हुने किसान दिनभर मलको खोजीमा भौँतारिरहन परेको छ ।

थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले थाहा नगरमा एकै सिजनमा तीन पटकसम्म तरकारी उत्पादन हुने भएकोले प्रदेश सरकारले निर्धारण गरेको कोटाले मात्रै नपुग्ने हुँदा मलको बितरण प्रणालीलाई पुनः बिचार गर्नुपर्ने बताउनुभयो । उहाँले थाहा नगरको लागि मलको कोटा बढाउनको लागि बागमती प्रदेश सरकारको मूख्यमन्त्री र कृषि तथा पशुपंक्षी मन्त्रालय समक्ष अनुरोध गरिएको बताउनुभयो । 

बागमती प्रदेशका लागि यस आर्थिक बर्षमा १४ हजार ८६ मेट्रिकटन रासायनिक मल प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेडको बागमती प्रादेश कार्यालय हेटौंडाका प्रादेशिक प्रबन्धक प्रकाश चन्द्र ज्ञावलीले बताउनुभयो । उहाँले अनुसार बागमती प्रदेश कृषि मन्त्रालयले निर्धारण गरे अनुसार स्थानीय तहको सिफारिस अनुसार मलको बितरण गरिने बताउनुभयो । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...