himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

पत्रकार महासंघ मकवानपुरको सिम्लाङ ८ बुदे घोषणा पत्र जारी
मकवानपुरका इन्द्रसरोबर गाउँपालिकाको सिम्लाङ, मार्खु, थाहा नगरपालिकाको चित्लाङ, दामन, सिमभञ्ज्याङ क्षेत्रको पर्यटन विकास र स्थानीय जनताको आयआर्जनलाई जोड्न व्यवसायिक तालिमको व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ।

1741366383603-1741366409.jpg

नेपाल पत्रकार महासंघ जिल्ला समिति मकवानपुरले ८ बुँदे सिम्लाङ घोषणा पत्र जारी गरेको छ । पत्रकार महासंघ जिल्ला समिति मकवानपुरले पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि ८ बुँदे घोषणा पत्र जारी गरेको छ । फागुन २२ र २३ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, सिम्लाङमा सम्पन्न बैठकले यो घोषणापत्र जारी गरेको हो ।
महासंघका अध्यक्ष बालकृष्ण अधिकारीका अनुसार महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका वा हुनसक्ने सबैखाले हस्तक्षेपको विरोध गर्ने प्रतिबद्धताका साथ अघि बढ्नेछ । साथै, पत्रकारिता क्षेत्रमा देखिएको विकृति तथा विसंगतिलाई निर्मूल पार्न महासंघ कटिबद्ध रहेको उनले बताए । बैठकले साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा महिला नेतृत्वका सञ्चारमाध्यमको दिगो विकासका लागि स्थानीय तथा प्रदेश सरकारलाई विशेष ध्यान दिन आग्रह गरेको छ। विज्ञापन वितरण प्रणालीलाई समानुपातिक बनाउन संघ, प्रदेश र स्थानीय सरकारलाई बाध्यकारी व्यवस्था गर्न माग गरिएको छ।

महासंघका सचिव केशव समर्पण सुवेदीले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने नीति तथा कार्यक्रमलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, पत्रकारितामा उच्च शिक्षा अध्ययन गर्न चाहने पत्रकारहरूका लागि छात्रवृत्ति व्यवस्था गर्न बागमती प्रदेश र स्थानीय सरकारलाई आग्रह गरिएको छ।

त्यस्तै, मकवानपुरका सबै स्थानीय तहहरूले पत्रकारिता प्रवद्र्धनका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने महासंघको माग छ। मकवानपुरका इन्द्रसरोबर गाउँपालिकाको सिम्लाङ, मार्खु, थाहा नगरपालिकाको चित्लाङ, दामन, सिमभञ्ज्याङ क्षेत्रको पर्यटन विकास र स्थानीय जनताको आयआर्जनलाई जोड्न व्यवसायिक तालिमको व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ। महासंघले सकारात्मक पत्रकारितामार्फत समाजलाई जागरूक बनाउने प्रयास गर्न सबै पत्रकारहरूलाई आह्वानसमेत गरेको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg