pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

नेवारी संस्कृति र पर्वले नेपाललाई बिश्वभर पृथक रुपमा चिनारी दिएको छ:-मन्त्री मोक्तान

431443748_132944175774532-1710684809.jpg

नेवारहरूको पर्व,नेवारी संस्कृति र पर्व अनुसारका फरक–फरक जात्राले विश्वमा नै नेपाललाई  एउटा पृथक रुपमा रूपमा स्थापित गरेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभएको छ।थाहा नगरपालिकाको पालुङमा ३ चैतमा हली नेवा: गुठिले आयोजना गरेको होली सांस्कृतिक पर्यटन मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले उक्त कुरा बताएकी हुन। मन्त्री मोक्तानले नेवार समुदायले विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भुमिका खेल्ने गरेको बताउदै  भन्दैगर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएकोले चिन्ता थपिएको उल्लेख गर्नुभयो।
उनले साहित्य साधना, कलाकारिता, राजनीति लगायतका क्षेत्रमा  नेवारहरूले नेतृत्वदायी भुमिका निर्वाह गरेको स्मरण गर्दै नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिने र विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमूना र मानवीय सहिष्णुताको आधार पनि भएको बताउनुभयो।
हली नेवा: गुठिको अध्यक्ष बिनोद महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो भने पर्यटन मेलामा बागमती प्रदेशका पुर्व मन्त्री तथा सांसद वसन्त मानन्धर,थाहा नगर प्रमुख बिष्णु बिष्ट ,नगर उपप्रमुख भरत गोपाली,लुम्बिनी बिकास कोषका सदभावना राजदुत बिक्रम पाँडे काजी,हलि नेवा गुठीका संरक्षक शान्त प्रकाश श्रेष्ठ,पनु मुल गुरु अस्टमान श्रेष्ठ,इन्द्रायणी भगवती काला भैरव संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ,थाहा नगर सांस्कृतिक संरक्षण क्षेत्र कार्यदलका सदस्यहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा देशभरका विभिन्न स्थानबाट आएका ७ सय ५० जना पाहुना तथा स्थानीय नेवार समुदाय हरुको सहभागीता रहेको थियो भने मेलामा नेवारी संस्कृति,नेवारी खाना,लगायतका प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो।
कार्यक्रम हली नेवा गुठी मकवानपुरको आतिथ्यतामा भएको गुठिका मकवानपुर अध्यक्ष बिजय मल्लले बताए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...