pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

नेपाल सरकारका नवनियुक्त २८ जना अधिकृतहरु थाहानगरमा

1717320700843-1717320958.jpg

नेपाल सरकारको नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुले थाहानगरपालिका भ्रमण गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ३८औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी २८ जना नवनियुक्त अधिकृतहरुले २० जेठमा थाहा नगरपालिका भ्रमण गरी यहाँको भौगोलिक, सामाजिक, साँस्कृतिक, आर्थिक तथा प्रशासनिक विषयको बारेमा जानकारी लिएका हुन् ।

सामान्य प्रशासन, राजश्व र लेखा समूहका नव नियुक्त अधिकृतहरुलाई नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले नगरको समग्र अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरपालिकाको सामाजिक, आर्थिक, भौगोलिक, पर्यटकीय, प्रशासन, सुशासन आदि क्षेत्रको वर्तमान अवस्थाको बारेमा चर्चा गरेका थिए भने रोजगार संयोजक कुमार नेगीले थाहाको नामाकरण, थाहा दर्शन र रुपचन्द्र विष्टको जीवनीबारे प्रस्तुतीकरण गरेका थिए । 

देशका विभिन्न भागहरूमा एक हप्ता लामो अन्तरक्रियात्मक भ्रमण ‘आफ्नो देश जान्नुहोस् (KYC)’ को क्रममा प्रशिक्षार्थी अधिकृतहरु थाहा आएका थिए । उनीहरुले नगर प्रमुख विष्टसमक्ष नगरको विविध पक्षमा जिज्ञाशासमेत राखेका थिए । उनीहरुको जिज्ञाशामा नगर प्रमुख विष्टले प्रष्ट पारेका थिए । सो क्रममा सहभागी अधिकृतहरुले थाहाको विकासलाई एक ‘मोडल’को लिनुपर्ने बताएका थिए । 

उक्त अन्तरक्रियात्मक कार्यक्रममा थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख नवीन खालिङ, आर्थिक प्रशासन शाखा प्रमुख अमर जिसी, प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठ, सूचना प्रविधि शाखा प्रमुख भगिरथ कार्की, सूचना अधिकारी सुरजकुमार भुजेल, लेखापाल सन्देश घिमिरे लगायतको सहभागिता रहेको थियो । 

नेपाल सरकारको नव–नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ४ देखि ६ महिनाको आधारभूत प्रशासनिक प्रशिक्षण दिने गर्दछ । प्रशिक्षण अन्तर्गत् आफ्नो देश जान्नुहोस् खण्डमा उनीहरुले सरकारी कामकाजको नजिकबाट अवलोकन र जनतासँग अन्तरक्रिया गर्र्दछन् । यस क्रममा उनीहरुले भौगोलिक, सामाजिक–आर्थिक र सांस्कृतिक पक्षहरूका बारेमा जानकारी लिनुका साथ सेवा प्रवाहको अवस्था र जनताको दृष्टिकोणबाट सुधारको दायराबारे पनि जानकारी लिने गर्दछन् । 

नेतृत्व, सार्वजनिक संचार, अनुसन्धान, विश्लेषण, समानुभूति, नवीन सोच जस्ता सीपहरू विकासको लागि नव नियुक्त अधिकृतहरुलाई देश भ्रमणमा पठाउने गरिन्छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...