Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको शुभकामना आदानप्रदान

1713100187011-1713101345.jpg

हेटौंडा, २ बैशाख/नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ बर्षको दिन बैशाख १ गते संघका मकवानपुर अध्यक्ष निप्पु सर्राफको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा भारतीय राजदुतावासका महावाणिज्यदुत शैलेन्द्र कुमारको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि शैलेन्द्र कुमारले नेपाल र भारत बिच गहिरो नाता भएको बताउनुभयो । उहाँले नेपालको उद्योग ब्यापार क्षेत्रमा परेको समस्यामा आवश्यक छलफल गरि समाधानको पहल गरिने बताउनुभयो ।
हेटौंडाको होटल सुर्यांशमा भएको कार्यक्रममा नेपाल भारत विश्व मैत्री संघका केन्द्रीय उपाध्यक्ष सुदर्शन अधिकारी, हेटौडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा लामाको बिशेष आतिथ्यता रहेको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवाल, मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यम सिलवाल, महावाणिज्यदुतका प्रथम महिला निलम कुमारी, मकवानपुर होटल एसोसिएसनका उपाध्यक्ष कल्याण पौडेल, नेपाल भारत विश्व मैत्री संघका कोषाध्यक्ष प्रविण मैनाली, केन्द्रीय प्रतिनिधि सुनिल दाहाल लगायत संघका पदाधिकारी, पत्रकार र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना आदानप्रदान सहित नेपाल र भारतको सम्वन्धको बारेमा चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल भारत विश्व मैत्री संघ मकवानपुरका अध्यक्ष निप्पु सर्राफले नेपालको विकासकालागि पर्यटनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालको पर्यटकीय क्षेत्रको विकासका लागि भरतले आवश्यक सहयोग गर्न अनुरोध गर्नुभयो ।
नेपाल भारत बिचको गहिरो नाता सम्वन्ध भएको हुँदा नेपालको आर्थिक विकासका लागि भारतले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा छलफल सहित शुभकामना आदानप्रदान गरिएको संघका सदस्य बिनोद पौडेलले बताउनुभयो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg