jkmv-english-1784299234.jpg
Friday, 31 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

नेपाल पब्लिक क्याम्पस सङ्घको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

FB_IMG_1781482885790-1781483023.jpg

असार ३०–३१ — नेपाल पब्लिक क्याम्पस सङ्घको प्रथम राष्ट्रिय सम्मेलन “सामुदायिक क्याम्पसका जनशक्तिको पेसागत पहिचान, स्तरोन्नति र व्यवस्थापन: दिगो उच्च शिक्षाको मार्गचित्र” भन्ने मूल नारासहित ललितपुरको धोबिघाटस्थित सिद्धार्थ बैंक्वेटमा सम्पन्न भएको छ।

सङ्घका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्रा. डा. सुशिलबहादुर बज्राचार्य रहनु भएको थियो। कार्यक्रममा त्रिविका पूर्वउपकुलपतिहरू, वर्तमान पदाधिकारीहरू, सामुदायिक क्याम्पसमा कार्यरत शिक्षकहरू, स्तरनिर्धारण सिफारिस समिति कार्यदल, सङ्घका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सम्मेलनमा शिक्षकहरूको स्तरनिर्धारण, समस्या, चुनौती र समाधानका उपायबारे विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुका साथै अन्तरक्रिया तथा प्यानल छलफल कार्यक्रम सम्पन्न गरिएको थियो। प्रस्तुत कार्यपत्रहरू, सङ्घको अवधारणा पत्र तथा सुझावहरू समेटेर आधिकारिक दस्तावेज तयार पारिने जनाइएको छ।

यसैबीच, सङ्घको राष्ट्रिय परिषद् बैठक पनि विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ। बैठकले उपमहासचिव नेत्रप्रसाद न्यौपानेद्वारा प्रस्तुत शिक्षक/कर्मचारी कल्याणकारी कोष कार्यविधि पारित गरेको छ। त्यसैगरी कोषाध्यक्ष राजन मिश्रको आर्थिक प्रतिवेदन,महासचिव गोविन्दबहादुर कार्कीले प्रस्तुत गरेको प्रगति विवरण, नीति तथा सांगठनिक प्रतिवेदन तथा अध्यक्ष गुप्ताले प्रस्तुत गरेको प्रगति प्रतिवेदन पनि पारित गरिएको छ।

परिषद्ले सङ्घको केन्द्रीय कार्यालय भवन निर्माणका लागि गठित जग्गा व्यवस्थापन समितिको प्रस्ताव पनि अनुमोदन गरेको छ। यद्यपि, विधान संशोधन समितिद्वारा प्रस्तुत मौजुदा विधान संशोधन प्रस्ताव भने अस्वीकृत गरिएको छ। विशेषगरी एकल संक्रमणीय निर्वाचन प्रणाली तथा महाधिवेशनमा प्रतिनिधित्वसम्बन्धी विषयमा अधिकांश प्रतिनिधिहरूको असहमति देखिएपछि उक्त प्रस्ताव स्वीकृत नगरिएको हो।

साथै, सङ्घका पूर्वअध्यक्षहरू र सल्लाहकारहरूसँग थप छलफल गरी सहमति जुटाएर संशोधित विधान अघि बढाउने निर्णय गरिएको जनाइएको छ।

राष्ट्रिय परिषद् बैठक विभिन्न निर्णयहरूसहित सम्पन्न भएको छ।


FB_IMG_1781482888575-1781483028.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...