Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

समाचार

एक महिनादेखि जारी मलमास स्नान तथा पुरुषोत्तम महात्म्य समापन, मत्स्यनारायण मन्दिरमा श्रद्धालुको उल्लेखनीय सहभागिता

FB_IMG_1781700445624-1781700462.jpg

थाहा, असार ३ - थाहा नगरपालिका–२ सोल्टुस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मत्स्यनारायण मन्दिरमा एक महिनादेखि सञ्चालन हुँदै आएको मलमास स्नान तथा पुरुषोत्तम महात्म्य कार्यक्रम विधिवत रूपमा सम्पन्न भएको छ। धार्मिक आस्था, परम्परा र समुदायको एकतालाई उजागर गर्ने उक्त अनुष्ठान समापनसँगै मन्दिर परिसर भक्तजनको उपस्थितिले भरिभराउ बनेको थियो।
मन्दिर निर्माण समितिका अध्यक्ष सिताराम बिष्टका अनुसार वैशाख ३० गते मन्दिरको प्राणप्रतिष्ठासहित विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको थियो। त्यसलगत्तै जेठ २ गतेदेखि असार १ गतेसम्म पुरुषोत्तम महात्म्य कथा वाचन, पूजा–आराधना तथा मलमास स्नान कार्यक्रम सञ्चालन गरिएको हो।
एक महिनासम्म निरन्तर सञ्चालन भएको धार्मिक अनुष्ठानमा स्थानीय भक्तजनका साथै विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। धार्मिक वातावरणबीच कथा श्रवण, भजन–कीर्तन, पूजा तथा स्नानका कार्यक्रमहरू सम्पन्न भएका थिए।
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले मन्दिर निर्माणदेखि धार्मिक अनुष्ठान सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण दाता, भक्तजन, स्वयंसेवक तथा स्थानीयवासीप्रति आभार व्यक्त गरे। “सबैको साथ, सहयोग र सद्भावका कारण यो पुण्यकार्य सफलतापूर्वक सम्पन्न गर्न सकेका छौं,” उनले भने।
कार्यक्रमको अवसरमा मन्दिर निर्माण तथा धार्मिक गतिविधिमा आर्थिक, भौतिक र नैतिक सहयोग पुर्‍याउने दाताहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित व्यक्तिहरूले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
मन्दिर निर्माण समितिका सचिव नवराज बिष्टका अनुसार पालुङ–सोल्टुका स्वर्गीय शमशेरबहादुर बस्नेतले आफ्नै लगानीमा उक्त मन्दिर स्थापना गरेका थिए। उनले नित्य पूजा सञ्चालन गर्नुका साथै प्रत्येक दुई–तीन वर्षमा पर्ने अधिकमास (पुरुषोत्तम महिना) भर पुरुषोत्तम महात्म्य श्रवण र विशेष पूजा–आराधनाको व्यवस्था गर्दै आएका थिए।
उनका सन्ततिहरूले केही वर्षअघिसम्म उक्त परम्परालाई निरन्तरता दिए पनि पछिल्लो समय विभिन्न कारणले महात्म्य सञ्चालनको क्रम रोकिएको थियो। तर मन्दिरसँग जोडिएको धार्मिक आस्था भने निरन्तर जीवित रह्यो। प्रत्येक पुरुषोत्तम महिनामा मन्दिरको ढोका खोल्ने, नजिकैको खोलामा निर्माण गरिएको कुण्डमा स्नान गरी शुद्ध भएर भगवानको पूजा गर्ने परम्परा स्थानीय समुदायले जोगाउँदै आएका छन्।
सचिव बिष्टले अब उक्त धार्मिक परम्परालाई नियमित र व्यवस्थित रूपमा अगाडि बढाउने लक्ष्यका साथ मन्दिरको थप स्तरोन्नति गरिने जानकारी दिए। उनले मत्स्यनारायण मन्दिरलाई धार्मिक पर्यटन तथा आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने योजना समेत रहेको बताए।
स्थानीयवासीका अनुसार लामो समयपछि पुनः सञ्चालन भएको पुरुषोत्तम महात्म्य र मलमास स्नान कार्यक्रमले धार्मिक चेतना जागृत गराउनुका साथै पुरानो सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। उनीहरूले आगामी दिनमा पनि यस्ता धार्मिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
धार्मिक आस्था, ऐतिहासिक विरासत र सामुदायिक एकताको प्रतीक बनेको मत्स्यनारायण मन्दिरमा सम्पन्न यो महाअनुष्ठानले स्थानीय धार्मिक जीवनमा नयाँ ऊर्जा थप्नुका साथै लोपोन्मुख बन्दै गएको परम्परालाई पुनर्जीवित गर्ने विश्वास गरिएको छ।

FB_IMG_1781700424753-1781700462.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg