himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

नेपाल नर्सिङ्ग दिवस

images-1611813318.jpg

कोरोना त्रासका कारण सेतो कोट लगाउने नर्स, डाक्टर अनि पारामेडिक्सहरूलाई पनि राष्ट्रिय सुरक्षाका हिसाबले लडाईंका बेला अग्रपंक्तिमा लड्ने सेना बराबर मानिन थालिएको छ । किनभने मानिसबीच सामाजिक दुरी कायम गर्नुपर्ने बेलामा पनि डाक्टर–नर्स विरामीको उपचारमा खटे । यसअर्थमा राष्ट्रिय नर्सिङ्ग दिवसको परिवेश यो वर्ष निकै महत्वपूर्ण छ ।

बाहिर विश्वयुद्धको अग्नि दनदनी बलिरहेको थियो । मान्छेहरू दिनहुँ हताहत र घाइते भइरहेका थिए । सानो टुकी बालेर ‘फ्लोरेन्स नाईटएगंल’ घाइतेहरूको सेवामा हरपल तत्पर खटेकी थिइन् ।

गएको शताब्दीमा संसारभरिका मान्छेहरूले अत्यन्त महत्व दिएर आदरणीय रूपमा हेरिने नर्सहरूबारे कुरा गरौँ । सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधिहरू बोकेकी अनि मुस्कानसहितको पहिचानका प्रतीक मानिन्छ, ‘स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य परिचारिका नर्सलाई ।’
नर्स भन्नासाथ अस्पतालको याद आँउछ, अनि स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आँउछ । त्यहीकारण हरेक वर्ष माघको १५ गतेका दिन नेपालमा पनि ‘नर्स दिवस’ मनाइन्छ ।

नर्सिङ्ग सेवाको इतिहास नेपालमा खासै पुरानो भने छैन । तर महामारी त्रासको परिपेक्ष्यमा नर्सहरूको महत्व छ । हामी नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ ।

जब राणा शासक वीर शमशेरले विक्रम सम्बत् १९४७ साल साउनमा ‘वीर अस्पताल’को स्थापना गरे । वीर शमशेरले स्थापना गरेको हुँदा ‘वीर अस्पताल’ रहन गएको हो । जुन अस्पताल नेपालको पहिलो सार्वजनिक अस्पताल थियो ।

त्यसपछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्न सक्ने ब्यत्तिहरू मात्रै थिए । वीर अस्पतालको इतिहास पल्टाउँदा उतिबेला ड्रेर्सिङ्ग लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वयंले गर्ने गर्दथे ।

नर्सिङ्ग सेवाको नेपाली इतिहास चाहिँ विसं २०१३ बाट शुरु भएको देखिन्छ । केही गृहणीहरू लगायतका नेपाली चेलीले औपचारिक रूपमा नर्सिङ्गको तालिम लिएपछि यो सेवा सुरु भएको हो । राणा शासनका बेला सभ्रान्त परिवारमा स्वास्थ्य–उपचार अनि नर्सिङको महत्व चाल पाएर नेपालमा नर्सिङ्गको सुरुवात भएको विश्वास गरिन्छ ।

राणाशासनकै बेला चार नेपाली चेली विद्यावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली चेलीहरूले भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ्ग कोर्स गरेर आउने चलन बढेको पाइन्छ ।

आज टोल–टोलमा क्लिनिक र अस्पताल देख्न सकिन्छ । अनि नर्सहरूको उपस्थिति पनि बाक्लै देख्न सकिन्छ । शहर–शहरमा नर्सिङ्ग कलेजहरू खुलेका छन् । अझ विदेश जान सहज हुने भएकाले नर्सिङ्गप्रतिको आकर्षण बढ्दै गईरहेको छ ।

नर्सिङको अचम्मको कुरा के छ भने यो पेशामा पुरुषहरू नगण्य मात्रामा संलग्न छन् । केही समय अघि केही नर्सिग कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ्ग तालिम दियो । तर पछि पुरुषहरू पेशा त्यति आकर्षित नभएको पाइयो ।

शायद माया, स्नेह अनि ममतामयी काममा महिलाको मधुर उपस्थिति नै अत्युत्तम लागेको हुन सक्छ । विरामी हामीमध्ये जो कोही पनि पर्न सक्छौ । मनोवैज्ञानिक रूपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आशलाग्दो ब्यक्तित्वहरूको उपस्थिति र सहयोगले छिटै निको हुन्छ भन्ने विश्वास पलाउँछ ।

हामी सबैलाई नर्सहरूबाट अझै धेरै सद्भाव र आशाको अपेक्षा छ । शुरु शुरुमा नर्सिङ्गलाई दुःख लाग्दो पेशा मानिन्थ्यो । हुन पनि रोगीको स्याहार सुसार गर्नु सजिलो काम होइन । एकातिर रोगीको सुसारे हुनुपर्ने अर्कातिर रात्रीकालीन ड्यूटी पर्ने हुँदा दुःखको पेशा भनिएको हुनुपर्छ ।

विरामी अनि घाउ–रगतसँग निको पार्ने काम गर्नुपर्ने सजिलो होइन । त्यस्तो सेवालाई पनि उति राम्रो रूपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरूको उपस्थिति आकर्षण रूपमा लिने गरिन्छ । राष्ट्रिय नर्स दिवसको शुभकामना ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg