pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

नेपाल तमु विद्यार्थी छोंज धीं को दोश्रो जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा रबि तमु चयन

FB_IMG_1723736362265-1723736374.jpg

सम्पुर्ण तमु(गुरुङ)विद्यार्थी एकजुट हौं ,गुरुङहरुको भाषा ,धर्म कला र सस्कृती संरक्षण अभियानमा सरिक हौं भन्ने नाराका साथ नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला समिति मकवानपुरको दोश्रो जिल्ला अधिवेशन थाहा नगरको सहारा रिसोर्टमा सम्पन्न भएको छ।
मकवानपुर जिल्ला संयोजक दिनेश गुरुङ्गको अध्यक्षता मा सम्पन्न अधिवेशनमा  नेपाल तमु विद्यार्थीका केन्द्रिय अध्यक्ष बिश्वराज तमुको प्रमुख आतिथ्यता तथा बिशिस्ठ अतिथी थाहा नगरका उपप्रमुख भरत गोपाली र थाहा ५ का वडा अध्यक्ष बिष्णु बहादुर गुरुङले उद्घाटन गर्नुभएको थियो।
अधिवेशन लाई प्रमुख अतिथि ,बिशिस्ट अतिथी,लगायत तमु विद्यार्थीका केन्द्रिय महासचिव पवन गुरुङ्ग,केन्द्रिय संगठनका उपाध्यक्ष युवराज गुरुङ,तमु विद्यार्थी बागमती प्रदेश अध्यक्ष अनिल गुरुङ, केन्द्रिय सदस्य सबिन तमु, तमु विद्यार्थी केन्द्रिय प्रचारप्रसार बिभाग संयोजक बिष्णुराज गुरुङ,गुरुङ परिषद ह्युला मकवानपुरका अध्यक्ष केशर बहादुर गुरुङ, गुरुङ तमु ह्युला इकाई समिती फुर्केका अध्यक्ष  सानुकान्छा गुरुङले अधिवेशन सफलताको शुभकामना दियका थिय।
कार्यक्रममा शुभकामना मन्तव्य दिदै थाहा नगरका उपप्रमुख भरत गोपालीले गुरुङ समुदायको कला,संस्कृती,भेषभुषा,भाषा संरक्षणमा थाहा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो।
प्रमुख अतिथी तमु विद्यार्थीको केन्द्रिय अध्यक्ष बिश्वराज तमुले गुरुङ जातीको भाषा संस्कृति,धर्म संस्कार र लिपि जोगाउनु आवश्यक रहेको बताउदै संरक्षणको  लागि पुस्तानतरण हुनुपर्नेमा जोड दिनुहुदै बागमती प्रदेशमा गुरुङहरुमा भाषाको समस्या रहेको बताउनुभयो।
अधिवेशनले दिनेश तमुको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा रोजिना गुरुङ,सचीव निता गुरुङ,कोषाध्यक्ष सुस्मिता गुरुङ,सहसचिवमा प्रमिसा गुरुङ रहेको २३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिमा शैक्षिक बिभागमा सुस्मिता गुरुङ,प्रचार बिभाग प्रमुखमा संजित गुरुङ,शिरीष गुरुङ संगठन बिभाग प्रमुखको जिम्मा दिएको छ। 
समितिको सदस्य हरुमा अन्जु गुरुङ,ममता गुरुङ,शुसान्त गुरुङ,चन्चली गुरुङ,स्वीकृति गुरुङ,रोनिका गुरुङ,आशिका गुरुङ,सुजित गुरुङ(क) दिलिप गुरुङ,शिशिर गुरुङ,सिर्जना गुरुङ,सबिन गुरुङ,पुजन गुरुङ,शिशिर गुरुङ,र एलिजा तमुस्यो रहेका छन।

455783790_141414818260801-1723733961.jpg

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...