Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीजका माधव कार्कीको उम्मेद्वारी

InShot_20251211_105942493-1765430125.jpg

नेपाल जेसीज बर्ष २०२६ को लागि राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीले उम्मेद्वारी दिएका छन् ।
राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्कीले पालुङ जेसीजमा २०१५ मा जेसीज सदस्यता लिएका थिए ।
सन् २०१६ देखि २०१९सम्म साधारण सदस्य रहेका कार्कीले २०२० मा भरत–रत्न छात्रबृत्ति कार्यक्रमको कार्यक्रम संयोजकको भूमिका निभाएका थिए ।
कार्कीले पालुङ जेसीजको सन् २०२१ मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पादक, २०२३मा कोषाध्यक्ष र बर्ष २०२५ मा शाखा अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका छन् ।

मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा अबस्थित थाहा नगरपालिका वडा नम्बर २ मा स्वर्गीय पिता श्याम बहादुर कार्की र माता राधादेबि कार्कीको कोखबाट मिति २०४९ सालमा जन्मेका कार्की सामाजिक कार्यमा सक्रिय छन् । कार्की होमस्टे महासङको केन्द्रिय सचिवालय सदस्य, मुक्तिनाथ हरियाली कृषि सहकारी सस्था थाहा २ को अध्यक्ष, पाथीभरा क्षेत्र संरक्षण समिति थाहा २ का अध्यक्ष, डाडाघरे बा को होमस्टेको संचालक, डाडाघरे कृषि तथा एग्रो टुरिजमको प्रोपाइटर, लायन्स क्लव आफ थाहा पिसका सदस्य, थाहा नगर होटेल एसोसियसनका वरिष्ठ उपाध्यक्ष एवम् होमस्टे सम्वन्धी कुशल र अनुभबी प्रशिक्षक समेत हुन् ।
नेपाल जेसीज बर्ष २०२६ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिएपछि कार्कीले लालखवरलाई प्रतिक्रिया दिँदै पालुङ जेससीजलाई देशभर परिचित गराएर थाहा नगरको विकासमा अन्य क्षेत्रको अभ्यास र अनुभवलाई अध्ययन गरी थाहा नगरमा कार्यान्वयनका लागि पहल गर्ने आफ्नो भूमिका रहने बताए । उनले जेसीज युवाहरुको क्षमताको विकासंगै सामाजिक नेतृत्वमा अगाडि बढाउने संस्था भएको बताए । कार्कीले आफू नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष बन्ने अभियानमा समेत रहेकोले यस बर्ष उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए ।

नेपाल जेसीजको जनकपुरमा पौष ४ गतेदेखि ७ गतेसम्म आयोजना हुने ५२ औं महाधिवेशनले बर्ष २०२६ का लागि नया नेतृत्वसहितका कार्य समिति चयन गर्नेछ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg