Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

नेपालमा मात्र पाइने पोन्टिआ शेपाओ पुतली दामनमा(फोटो फिचर)

Screenshot_20220724-19281-1658670529.png

शब्द,तस्बिर ,दावा सेर्पा,

थाहा नगरपालिकाको पर्यटकीय क्षेत्र दामन-सिमभन्ज्याङ्मा हिउँ खेल्न,गुराँस हेर्न,हिमाल हेर्न र तीर्थ यात्रा गर्न बाहेक अन्य ज्ञानमुलक र रोचक अवलोकन,अनुसन्धान,अध्ययन अनि भ्रमणका गतिविधिहरु पनि गर्न पाईन्छ भन्दा तपाईंहरुलाई अचम्म लाग्न सक्तछ। यहाँको जैविक विविधता अपारको छ। समुन्द्री सतहदेखि २,५०० मिटर उचाइमा फैलिएको यस क्षेत्रको शितोष्ण हावापानीमा दुर्लभ एवम् संकटापन्न बहुमुल्य जडिबुटी,रुखबिरुवा,चराचुरुङ्गी र  जिवजन्तुहरुको बास अनि भणडार रहेको छ।  यस क्षेत्रमा चाँप,जंगली अङ्गुर,सतुवा,३२ प्रजातिका झ्याउहरु( Lichen),जेठी मधु,चिराईतो,ठुलो ओखती,पाषणभेद,गुराँसका प्रजातिहरु,सर्पगन्धा,खरानी च्याउ,गुच्छे च्याउ,रेइसी च्याउ लगायत अन्य च्याउका प्रजातिहरु,मयल,काँडे भ्याकुर,सिङ्ग किरा( Horn beettle),सुनाखरिका प्रजातिहरु,असला माछा,जंगली साग दन्दु,वन लसुम,ठूलो जातको चमेरो कोईरालो,पहाडी पिट भाईपर सर्प,सिस्नुको प्रजातिहरु,मलसाप्रो (Skunk),अनेकौं रत्नहरु,लोपोन्मुख जंगली माहुरी,भवरा,बछ्युङ (Giant Asian Hornet),बज्रदन्ती,घोडताप्रे जस्ता औसधिजन्य सम्पदाहरु पाईन्छन्। 

यसैगरी यस क्षेत्र चरा तथा पुतली अवलोकनको निम्ति पनि एउटा उद्गम स्थल हो। वर्षैभरी सयौं जाती अनि प्रजातिका स्थानीय तथा अस्थाई बसाइँ सरि आउने सुन्दर पुतलीहरुको  बारेमा अध्ययन,अनुसन्धान अनि अवलोकन गर्न सकिन्छ। ढकमक्क फुल फुल्ने समय भएर नै होला यो महीनामा त्यस्ता रंगीचंगी पुतलीहरुको ओइरो लागेको छ दामनमा अनि  मौसम अनुसारका पुतलीहरु पनि हेर्न पाईन्छन् यहाँ।  हरेक वर्ष चरा तथा पुतली अवलोकन समुह  (Bird & Butterfly  Observation Group) को  टोलि चितवनबाट  आउने गरेका छन् ।

यस भेगमा  नेपालमा मात्र पाइने पोन्टिआ शेपाओ (Pontia Shepao) जातको पुतली र काँडे भ्याकुर( Spinny Babbler) जातको चरा अनि अन्य धेरै जाती,प्रजातिका पुतलीहरुको अवलोकन गर्न सकिन्छ। पुतली कीरा वर्गको सामान्य रूपले हरेक ठाँउमा पाइने प्राणी हो। यो धेरै सुन्दर तथा आकर्षक  हुन्छ। बिश्वमा ८ हजार प्रकारका पुतली पाइन्छन् भने विश्वमा नपाइने ८ प्रकारका पुतली नेपालमा पाइन्छन्।यसलाई सबैभन्दा धेरै आँखा भएको जीव पनि भनिन्छ। नेपालमा जम्मा ६५१ प्रजातिका पुतलीहरु पाईएको छ जुन एउटा जैविक विविधताले सम्पन्न पर्यटकिय क्षेत्रको लागि निस्चय पनि गर्भ अनि लाभको विष हो। पारिस्थितिक प्रणाली संचालनमा अत्यन्त गहन भुमिका निर्वाह गर्ने यस्ता महत्वपूर्ण जिवजन्तु तथा वनस्पति जगतको संरक्षण,व्यवस्थापन र प्रवर्द्धन गर्न योगदान दिने जिम्मेवारी तपाईं-हामी सबैको हो  किनकि प्रकृति रहे मात्र हामी रहन्छौं ।

Screenshot_20220724-19275-1658670532.png
Screenshot_20220724-19280-1658670701.png
Screenshot_20220724-19282-1658670701.png
Screenshot_20220724-19283-1658670752.png
Screenshot_20220724-19282-1658670753.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg