Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

नेपालका सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न'

FB_IMG_1749981181029-1749981198.jpg

नेपालका ६०० भन्दा बढी सामुदायिक क्याम्पसहरूको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघ (NPCA) को आयोजनामा सामुदायिक क्याम्पसहरूको दीगो विकास र शैक्षिक उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०८२ साल जेठ ३१ गते काठमाडौंस्थित सिद्धार्थ बैंक्वेटमा एक दिवसीय राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न गरिएको छ ।
तीन सत्रमा विभाजित कार्यक्रम अन्तर्गत पहिलो सत्रको उद्घाटन कार्यक्रममा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यता तथा कृषि मन्त्री रामनाथ अधिकारी, विश्वविद्यालय अनुदान आयोग (UGC) का अध्यक्ष प्रा. डा. देवराज अधिकारी, त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. केदार रिजाल, शिक्षा संकायका डिन प्रा. डा. वेदराज आचार्य, परीक्षा नियन्त्रक पुष्पराज जोशी, NPCA का पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, अन्य उच्च पदस्थ पदाधिकारीहरू तथा नेपालभरिका ८० भन्दा बढी सामुदायिक क्याम्पसका प्रमुखहरू , सामुदायिक क्याम्पसहरूका क्याम्पस व्यवस्थापन समितिका अध्यक्षरू तथा प्राध्यापकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभापति समेत रहेका नेपाल पब्लिक क्याम्पस संघ (NPCA) का अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताले सामुदायिक क्याम्पसहरूका विविध जटिल र समसामयिक मुद्दाहरूमा गम्भीर ध्यानाकर्षण गराएका थिए । उनले विषय तथा कार्यक्रम सम्बन्धन, क्याम्पस वर्गीकरण, सबै सामुदायिक क्याम्पसका लागि एकीकृत नियमावली, शिक्षक वर्गीकरण, वित्तीय व्यवस्थापन, विद्यार्थीको घट्दो संख्या लगायतका महत्त्वपूर्ण विषयहरू उठाएका थिए ।
अध्यक्ष गुप्ताले सामुदायिक क्याम्पसहरूलाई दीगो, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन नीति, कार्यक्रम र स्रोतका दृष्टिले राज्य, विश्वविद्यालय, नियामक निकाय तथा समुदायको सक्रिय भूमिकाको आवश्यकता औंल्याउँदै, NPCA सबै सरोकारवाला पक्षहरूसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको साथै, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई आगामी विश्वविद्यालय सभाको बैठकअघि नै सामुदायिक क्याम्पसहरूका समस्याहरू समाधान गर्न चेतावनी समेत दिएका थिए ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले उच्च शिक्षा सम्बन्धी नियम तथा कार्यविधिहरूलाई पुनरावलोकन गर्नु आवश्यक रहेकोमा विशेष जोड दिँदै त्रिभुवन विश्वविद्यालयमा देखिएको वर्तमान संकटप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षहरूलाई आपसी संवादमार्फत समाधान खोज्न आग्रह गरेका थिए ।

विश्वविद्यालय अनुदान आयोग (UGC) का अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गुणस्तर आश्वासन (QAA) र त्यसका मापदण्डहरूबारे आफ्नो विचार व्यक्त गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालय आफ्नो सम्बन्धन नीतिप्रति प्रतिबद्ध नभएको बताए । साथै, QAA प्रमाणपत्र नै एक उत्कृष्ट रोडम्याप तथा मापदण्ड भएको औंल्याउदै सम्बन्धनका लागि अर्को मापदण्ड विकास गर्नु नेपालका लागि अस्वस्थकर र निराशाजनक रहेको बताएका थिए ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका पूर्व सदस्य सचिव प्रा. शंकर भण्डारी, अनुसन्धान विभागका निर्देशक डा. नीरज ढकाल, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति तथा NPCA का पूर्व अध्यक्ष प्रा. डा. प्रेम नारायण अर्याल, NPCA का पूर्व उपाध्यक्ष धनलाल महर्जन, पूर्व अध्यक्ष डा. केशव खड्का, सहसचिव टङ्क पौडेल र नेत्र पौडेल, NPCA का कोषाध्यक्ष राजन मिश्र, अन्तर्राष्ट्रिय सहकार्य विभागका प्रमुख डा. शन्तराज शर्मा नौपाने, सल्लाहकार डा. खगराज आचार्य, रबिन शर्मा, बिरञ्जी गौतम तथा डा. घमानसिंह खड्काको विशेष उपस्थिति रहेको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg