Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

नेकपा माओवादी केन्द्र थाहा नगरको बिस्तारित बैठक सम्पन्न

321750067_549162473754925-1672234379.jpg

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको बिस्तारित बैठक बुधवार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको उपस्थितिमा भएको बैठकले थाहा नगर कमिटीको वडा इन्चार्ज तथा सह इन्चार्ज चयन गरेको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै नेतृ मोक्तानले देशमा भएको परिवर्तनको मुख्य एजेन्डा माओवादीको भएको दावी गर्नुहुँदै अबको सरकारले देशको समग्र विकासमा योगदान दिने बताउदै बिकास र समृद्धिको लागि माओवादीको नेतृत्व आवश्यक रहेकोले नै अहिले अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भएको बताउदै बताउनुहुँदै मोक्तानले मंसिर ४ गते भएको प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई विजयी गराउन एकजुट भएर लाग्ने सम्पूर्ण नेता कार्यकर्तालाई धन्यवाद व्यक्त गर्दै अवको सरकारले जनताको अवस्था परिवर्तन गर्ने बताउनुभयो । विस्तारित बैठकले नगर कमिटीमा रहेकालाई वडा इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी समेत दियको छ ।

जिम्मेवारी दियका नगर सदस्यहरुमा वडा न १ मा इन्चार्ज रुपचन्द्र गोपाली,२ न मा इच्छापुर्ण कार्की इन्चार्ज ,जानुका ढकाल सह इन्चार्ज ,३ न मा राजकुमार कार्की इन्चार्ज ,कबिता बिष्ट सह इन्चार्ज ,४ मा यादव जंग रायमाझी इन्चार्ज ,आरती तामाङ सहइन्चार्ज ,५ मा राजकुमार केसी,६ मा दामोदर सुवेदी इन्चार्ज ,श्यामसिं ठकुरी सह इन्चार्ज ,७ मा दिपेन्द्र थिङ्ग इन्चार्ज ,इमान सिंह थिङ सह इन्चार्ज ,८ मा टिकाराम रुम्बा इन्चार्ज ,९ मा सन्जय बलामी इन्चार्ज ,१० मा रमेश मगर इन्चार्ज ,११ मा तोक्न बाकी र १२ मा नवराज वाइवा रहेको छ। थाहा नगर कमिटी अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षता भएको बिस्तारित बैठकमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तान ,नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य सन्तोष बिष्ट, बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटी सदस्य लवशेर बिष्ट, इन्द्र बहादुर श्रेष्ठ,जिल्ला समन्वय समिति संयोजक सर्केस घलान,जिल्ला समन्वय समिती सचिब भिम पाख्रीन, जिल्ला समन्वय समिति सदस्य जयराम रायमाझी,अरुण रायमाझी,बिनायक गोले ,सनम सिंह मोक्तान,वाइसीएल केन्द्रिय सदस्य नवरज लामा  लगायत जनवर्गीय संघसंगठनका प्रमुख वडा अध्यक्ष हरुको उपस्थिति रहेको थियो

। बैठकले नगर कमिटीमा अध्यक्ष लामाले पेश गर्नुभएको राजनैतिक आर्थिक प्रतिवेदन अनुमोदन गर्नुका साथै आगामी १३ गते देखि थाहा नगरको १२ वटै वडामा पालैपालो नगर बैठक गर्ने निर्णय गरेको नगरकमिटी सचिब लक्ष्मण बिष्टले बताउनुभयो ।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg