Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

निर्माणाधीन चित्लाङ स्वास्थ्य चौकी भवनको समिक्षा बैठक सम्पन्न

411894805_173289782053968-1704376614.jpg

थाहा नगरपालिकाको वडा न ९ चित्लाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको प्रगति विवरण तथा कार्य समिक्षा बैठक सम्पन्न भएको छ।
थाहा नगरपालिका वडा न ९ का अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्ट,प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्मा लगायतका उपस्थिति रहेको थियो।
 च्वाइस नेपालका जिल्ला संयोजक सुकराम दुलाल,पालुङ टिम लिडर प्रताप घिमिरे,इन्जिनियर प्रकाश श्रेष्ठले सहजीकरण गरेको समिक्षा बैठकमा बोल्दै नगर प्रमुख बिष्णु बिष्टले गुणस्तरी रुपमा  समयमा कार्य सम्पन्न गर्न निर्माण सहयोग समिति लाई आग्रह गर्दै, कुनै ब्यक्तिगत लाभमा केन्दि्त‌ हुन नहुने कुरामा‌ जोड दिदै स्वास्थ्य चौकीको दिगो संचालन तथा यसबाट प्रवाह हुने सेवा तथा यसको गुणस्तरमा जोड दिनुभयो।
तेसैगरी थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरीले भएका समस्याहरु पार लगाउदै समयमा भवन सम्पन्न गरि सेवा प्रदान गर्न थाहा नगरपालिकाको पुर्ण साथ रहेको बताए।
च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले 
निर्माणाधीन स्वास्थ्य चौकिको भवन निर्माण समयमा सम्पन्न भए पश्चात्  यस बाट प्रदान गरिने सेवा र सुबिधा गुणस्तरीय बनाउन नगर बाट थप योजना बनाउन आग्रह गर्दै  डाक्टर  वा बिषेशज्ञ सहितको सेवा प्रदान गर्न सक्ने योजना भएमा‌ च्वाइस नेपालको तर्फ बाट औजार तथा उपकरणका लागि नया योजना निर्माण गर्न सकिने कुरामा बिश्वस्त हुन आग्रह गरे ।
वडा अध्यक्ष बलामीले यस निर्माणका क्रममा देखिएका समस्या तत्काल‌ समाधान गरि बाकी कार्य समयमानै  सम्पन्न गर्न पुर्णरुपमा लागि पर्ने जानकारी गराउदै  भवनमा अस्पताल तहको सुविधा उपलब्ध गराउन नगर पालिका समक्ष आग्रह गर्नुभयो।
कार्यक्रममा भवन निर्माण समितका‌ अध्यक्ष बाट सहयोगि संस्था नगरपालिका तथा स्थानिय सबैलाइ‌ धन्यवाद प्रदान गरेका थिए ।

कूल २ करोड ९ हजार ४७० रुपैयाँ लागतमा निर्माण हुने स्वास्थ्यचौकी भवनको लागि च्वाइस नेपालको १ करोड ५० लाखका साथै बाँकी रकम थाहा नगरपालिका र स्थानीय जनश्रमदानबाट लगानी हुनेछ ।

 

411911284_319110841106385-1704376615.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg