pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

निर्माणाधीन चित्लाङ स्वास्थ्य चौकिको भवनमा बिदेशी पाहुनाद्वारा श्रमदान।

1697114502675-1697114525.jpg

च्वाइस नेपाल तथा थाहा नगरपालिकाको संयुक्त  लगानिमा निर्माण हुदै गरेको  चित्लाङ स्वास्थय चौकि भवन परिसरमा  चाइना र अमेरिकाका  डोटरा हिलिङ हेन्ड फाउन्डेसन बाट ५४ जनादाता हरुले अबलोकनका साथै स्वास्थ्य चौकी निर्माणमा श्रमदान गरेका छन । 
 असोज २४मा चित्लाङ आइपुगेका दाताहरु २७ गते फर्कने र ३ दिनको बसाइमा निर्माणाधीन स्वास्थ्य  चौकिमा श्रमदान गर्ने , किसोरी लक्षित कार्यकर्म गर्नेका साथै स्वचन्द भैरब मा वि ,चम्पाकेश्वर आधारभुत विद्यालय, नाटेश्वर मा वि,जनक प्रा बि , कालिदेवि प्रा बि का गरि २० जना बिद्यार्थि का लागि छात्रबृति प्रदान गर्ने कार्यक्रम समेत रहेको च्वाइस नेपालका प्रताप घिमिरेले जानकारी दिए।
२४ गते थाहा नगरपालिका वडा  ९का वडा अध्यक्ष राजकुमार बलामीको प्रमुख आतिथ्यतामा ५४ जना बिदेशी पाहुनाले स्वास्थ्य चौकीको निर्माण स्थलमा श्रमदान गरेका थिए।स्वास्थ्य चौकी  निर्माण समितिका अध्यक्ष राजिव नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले  स्वास्थ्य चौकि निर्माणमा सहयोग पुराउने सम्पुर्ण स्थानिय , थाहा नगरपालिका र बिदेशीदाता हरुलाई  धन्यवाद ब्यक्त गर्नु भयको थियो।

 कूल २ करोड ९ हजार ४७० रुपैयाँ लागतमा निर्माण हुने चित्लाङ स्वास्थ्यचौकी भवनको लागि च्वाइस नेपालको १ करोड ५० लाख लगानी रहने घिमिरेले बताउनुभयो ।

उहाँले निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्ने समेत बताउनुभयो । प्रबिधिकका अनुसार स्वास्थ्यचौकी भवनको निर्माण कार्य करिव ५५ प्रतिशत सम्पन्न भएको छ । तीन बर्षमा सम्पन्न गर्नेगरि निर्माण थालनी गरेको स्वास्थ्यचौकी भवनको लागि थाहा नगरपालिकाले ५९ लाख ४७० रुपैंया लगानी गर्नेछ । पहिलो बर्षमा स्वास्थ्यचौकी भवन निर्माण गरिने, दोश्रो बर्ष स्वास्थ्य संस्थालाई आधुनिक उपकरण सहित प्रबिधिमैत्री बनाइने र तेस्रो बर्ष कर्मचारी र स्वास्थ्यकर्मीहरुको क्षमता बिकास गरि दक्ष बनाउन बिभिन्न तालिम कार्यक्रम संचालन गरिने च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले बताए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...