himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

नारायणी नदीमा ‘मिनी पानी जहाज’ भोलिदेखि सञ्चालन हुने,,,

narayani-panijahaj-1673711172.jpg

थाहा नगरपालीका । लामो समयमको प्रतीक्षापछि चितवनको नारायणी नदी किनारमा ‘क्रुज सिप’ सञ्चालनमा आउने भएको छ । क्रुज निर्माण गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले नदी किनारमा माघ १ गतेदेखि व्यवसायिक रुपमा क्रुज सञ्चालन गर्न लागेको जनाएको छ ।  राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले क्रुज सञ्चालनको तयारी गरिएको बताए । क्रुजको २ वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो ।  तर कोरोना महामारीका कारणले समयमा क्रुजको निर्माण सकेर सञ्चालन गर्न नसकिएको प्रवन्ध निर्देशक कँडेलले जानकारी दिए ।   भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन रहेको छ । क्रुजमा एक पटकमा १८० जना यात्रु एकैसाथ चढ्न पाउँछन् । क्रुजसिपमा ३ तला छ ।

प्रबन्ध निर्देशक कँडेलका अनुसार एक घण्टासम्म नारायणी नदीमा क्रुजमा यात्रुलाई सयर गराउने योजना छ । क्रुज चढेको टिकट ७ सय तोकिएको छ ।  ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । क्रुज सिप भित्र रेष्टुरेण्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरु राखिएका छन् ।

क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्रहरु सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ ।  पहिलाको भन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन गरिएको प्रवन्ध निर्देशक कँडेलले जानकारी दिए । डिजाइन परिवर्तन गर्दा एक करोड लागत र वजन १० टन थप भएको कम्पनीको भनाइ छ ।  हरेक यात्रुको १० लाख बराबरको बीमा हुनेछ । क्रुजसिपमै बसेर विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने सुविधा समेत राखिएको छ । क्रुजसिप निर्माणमा १५ करोड भन्दा बढी खर्च भएको छ ।

क्रुज सञ्चालनका लागि नारायणी नदीमा ४० किलोमिटरको अनुमति छ । तर यतिबेला पानीको सतह निक कम भएकाले केही किलोमिटर मात्र चलाइने छ ।  क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको पहिलो तलामा ९०, दोस्रो तलामा १०० जना अटउन सक्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र तथा म्यूजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्नेछ । यहाँ बैठक पनि गर्न मिल्ने छ ।

दोस्रो तलाको एक छेउमा १० जना विशिष्ट व्यक्तिका लागि कुर्सी राखिनेछ । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको छ । नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुज सिपमा भारतको केरलाका प्राबिधिकले तयार गरेका हुन् । क्रु सदस्य १५ जना रहनेछन् । थाहापाटी,

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

narayani-panijahaj-1673711175.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg