himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

नागरिक एपमा डेटा निःशुल्क गरिँदै

Nagarik-Mobile-app-for-eg-1611569983.jpg

सबै सरकारी सेवालाई मोबाइल एपबाटै उपलब्ध गराउने भन्दै सरकारले माघ २ मा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने सरकारको तयारी छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मुख्य दुई टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग डेटा निःशुल्क गर्ने गरी आन्तरिक छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।


‘नेपाल टेलिकम र एनसेल दुवैसँग डेटा निःशुल्क गर्न छलफल अघि बढेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘डेटा निःशुल्क गर्न सम्भव भए पनि कहिलेसम्म गर्ने विषयमा छलफल भइरहेको छ ।’ नागरिक एप प्रयोग गर्दा डेटा शुल्क नलाग्ने विषयमा टेलिकमको प्राविधिक टोली र मन्त्रालयका प्रतिनिधिबीच छलफल भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए । ‘डेटा शुल्क नलाग्ने व्यवस्था गर्न प्राविधिक रूपमा सम्भव छ,’ उनले भने, ‘मन्त्रालयबाट निर्देशन आएको खण्डमा यसलाई निःशुल्क गर्न सकिन्छ ।’


सरकारले सार्वजनिक गरेको एपको बेटा भर्सन ९परीक्षण संस्करण० मा नागरिकले मोबाइल एपबाटै प्यान नम्बर लिनेसहित आफ्नो शैक्षिक विवरण हेर्ने, नागरिक लगानी कोषमा जम्मा भएको रकमको विवरण हेर्ने, सञ्चय कोषमा जम्मा भएको रकमको विवरण हेर्ने, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमको विवरण हेर्ने, आफ्नो नागरिकता, राहदानी र मतदाता परिचयपत्रको विवरण हेर्ने काम गर्न सक्छन् ।

एपमा यी सेवासहित मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्रजस्ता सरकारी सेवा थप गर्दै लैजाने सरकारको तयारी छ । सरकारले प्रदान गर्ने प्रायः सेवालाई डिजिटल प्रणालीमार्फत मोबाइल एपबाटै प्रदान गर्ने भन्दै एप सार्वजनिक भए पनि यसमा रहेको कमजोरीको आलोचना भइरहेको छ । सूचना प्रविधि क्षेत्रका विज्ञहरूले एपमा रहेका कमजोरी औंल्याएपछि गृह मन्त्रालयले त्रुटि सच्याउन कमजोरीको संकलन गर्न थालेको जनाएको छ । नागरिक एपमा रहेको त्रुटि सच्याउन छुट्टै प्रणाली विकास गरिरहेको मन्त्रालयले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पनि विज्ञप्ति जारी गर्दै एप बेटा भर्सनमा उपलब्ध रहेकाले यसमा रहेका कमजोरी सच्याउनका लागि सुझाव दिन आग्रह गरेका छन् । माघ २ मा गुरुङले शुभारम्भ गरेको नागरिक एपको बेटा भर्सन हाल एन्ड्रोइड र एप स्टोरमा उपलब्ध छ । एप प्रयोगका लागि नागरिकले आफ्नै नाममा दर्ता रहेको मोबाइल नम्बरमार्फत खाता खोल्न सकिने व्यवस्था छ । सरकारले सरकारी सेवा लिँदा नागरिकले भौतिक रूपमा अन्य कागजपत्र बुझाउन नपर्ने भन्दै यो एप सुरु गरेको हो । केन्द्र सरकारसहित स्थानीय सरकारले दिने ४० भन्दा बढी सेवासँग यसलाई जोड्ने सरकारको दाबी छ ।

एपमा निर्वाचन आयोगसँग रहेको नागरिकको विवरण, गृह मन्त्रालययसँग नागरिकताको विवरण र राहदानी विभागसँग रहेको राहदानीका विवरण एकीकृत गरिएको छ । सरकारले सबै नागरिकलाई बाँड्ने भनेको बायोमेट्रिक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्रलाई पनि एपमा एकीकृत गर्ने सरकारको तयारी छ
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg