pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

नागरिकलाई स्वच्छ खानेपानी खुवाउन नगरपालिका प्रतिबद्ध छ:-प्रमुख प्रशासकीय अधिकृत गिरी

FB_IMG_1726070360582-1726070385.jpg

विकासको प्राथमिकताको मोडल परिवर्तन गरेर भएपनि थाहाका नागरिकका लागि स्वच्छ खानेपानी सेवा पुर्याउनुपर्ने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताएका छन।
थाहा नगरपालिकामा आयोजित राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड,खाद्य स्वच्छता,खाद्य सुर,खाना र पानीबाट सर्ने रोगहरुको रोकथाम बिषयक २ दिने अभिमुखीकरणको समापन गर्दै अधिकृत गिरीले उक्त यस्तो बताएका हुन।उनले नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने दाइत्व राज्यकै भएकोले यसका लागि थाहा नगरपालिका प्रतिवद्द रहेको उल्लेख गरे।
अधिकृत गिरीले थाहा नगरपालिकाले खानेपानीका साथै खाद्य सुरक्षा,कृषिमा अन्धाधुन्ध प्रयोग हुँदै आएको बिषादी नियन्त्रणका लागि कामहरु संचालन गर्दै आइरहेको स्मरण गर्दै खानेपानी बोर्ड,स्वास्थ्य शाखा र कृषि शाखा लगायत सम्बन्धित शाखाहरुको सक्रियतामा यस्ता सचेतनामुलक कार्यक्रम समुदाय स्तरमा पुर्याउन निर्देशन दिए।
थाहा नगर स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले थाहा नगरपालिकामा पोर्टेवल पानी परिक्षण गर्ने उपकरणको आवश्यकता भएको औल्याउँदै यसका लागि आगामी आर्थिक बर्षमा प्रक्रिया अघि बढाइने बताए।
कार्यक्रममा सहभागी बृहत खानेपानी उपभोक्ता समिती थाहा ४ का अध्यक्ष ओमकर बिष्टले एसओपी नै बनाएर मुहान सरसफाइका कार्यक्रमहरु समुदाय स्तरबाट कार्यान्वयन गरि मुहान क्षेत्र संरक्षण र तारबार लगाउनुपर्ने बताए।
उपभोक्ता समिती थाहा ३ का राजकुमार कार्कीले मापदण्डले तोके अनुरुपको समयमा खानेपानीको नमुना परिक्षणमा नगरले सहयोग गर्नुपर्ने बताउदै खानेपानीको भौतिक पुर्वाधार संरक्षणमा समेत खानेपानी बोर्डले ध्यान दिनुपर्ने बताए।
थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा नगर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भएको अभिमुखिकरण कार्यक्रमका सहभागी हरुलाइ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका माधव प्रसाद चौलागाईं,संजयकुमार न्यौपाने र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्कीले सहजीकरण गरेका थिए।
कार्यक्रममा थाहा नगर खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारी,खानेपानी उपभोक्ता समितिका सदस्यहरु तथा नगरपालिकाका स्वास्थ्यकर्मी हरुको सहभागिता रहेको थियो।

FB_IMG_1726070355773-1726070385.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...