pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

नवजागृत पुस्तकालयले मनायो राष्ट्रिय पुस्तकालय दिवस

FB_IMG_1693572607593-1693574786.jpg

पुस्तौं पुस्ताका लागि पुस्तकालय’ नाराका साथ १६ औं पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवं पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि औपचारिक रुपमा दिवस मनाउन थालिएको हो । 

दिवसका अवसरमा थाहा नगरपालिका शिखरकोटमा रहेको जिल्लाकै पुरानो र हालसम्म जिवित पुस्तकालय नवजागृत पुस्तकालयले  विशेष कार्यक्रमको आयोजना गरेको थियो । पुस्तकालयलाई प्रविधिमैत्री बनाएर अघि बढ्न आवश्यक रहेको कार्यक्रमका सहभागी हरुले उल्लेख गरे।


नवजागृत पुस्तकालयले " एक व्यक्ति एक पुस्तक" अभियान समेत चलाइरहेको सन्दर्भमा पत्रकार कुमार नेगि तथा पालुङ क्याम्पस संचालक समितिका उपाध्यक्ष सुरेन्द्र्मान प्रधान द्वारा अभियान लाई सहयोगार्थ पुस्तक हस्तान्तरण गरेका थिए ।
अन्तरक्रियात्मक कार्यक्रममा पुस्तकालयको सञ्जाल निर्माण, पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाईनुपर्ने, पुस्तकालय संवन्धि कानून निर्माण, नमूना पुस्तकालय निर्माण, पुस्तकालयमा जनशक्ति व्यवस्थापन, नगर स्तरिय पुस्तकालय समन्वय समितिको  आवश्यकता, नगरभित्र भएका पुस्तकालयहरुको अध्ययन तथा अनुसन्धानका साथै अभिलेखिकरण हुनुपर्ने लगायतका विषयमा छलफल भएको थियो।


कार्यक्रममा बोल्दै पालुङ क्याम्पस संचालक समितिका उपाध्यक्ष तथा थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले समयको परिवर्तन अनुसार  पढ्ने संस्कृतिमा परिवर्तन आएको बताउँदै उनले पछिल्ला पुस्ता नविनतम प्रविधिमा रमाउन थालेकाले  पुस्तकालयप्रति आकर्षण घट्दै गएको बताए ।


तेसै गरि पत्रकार कुमार नेगिले समयको परिवर्तनसँगै अबका पुस्तकालयमा युवा पुस्ताको माग अनुसार पुस्तक तथा पाठ्य सामाग्री राखिनु जरुरी भएको बताउदै उनले भने, “सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै पाठ्यपुस्तकलाई डिजिटलाइज गर्नुपर्नेमा जोड दिए।


तेसैगरी पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्रले पुस्तकालयमा पाठक बढाउनको निम्ति क्याम्पसमा अध्यनरत विद्यार्थी हरुलाइ पुस्तकालयको महत्वको बारेमा अभिमुखिकरण गर्नुपर्ने बताउनुभयो भने पालुङ क्याम्पसका नेपाली प्राध्यापक रामहरी अधिकारीले पुस्तकालयको भौतिक संरचना पनि बसौं बसौं पढौं पढौं लाग्ने किसिमको हुनुपर्नेमा  जोड दिदै  पाठकलाई अधिकतम जोड्ने गरी पुस्तकालयको विकास गरिनुपर्ने बताए।


पुर्व अध्यक्ष मधुसूदन रायमाझीले मकवानपुर जिल्लामै दुइवटा पुस्तकालय जिवित रहेको र त्यसमध्य थाहामा रहेको नवजागृत पुस्तकालय पनि पर्ने हुदा ५५ बर्षको गौरवपुर्ण इतिहास बोकेको यश पुस्तकालयको संरक्षणमा युवा पुस्ताको ध्यान जान जरुरी रहेको बताए।
फरक सोचका संयोजक यादव जंग रायमाझीले इतिहासको जगेर्नाका साथै समाज परिवर्तनको महत्वपूर्ण आधार भएको पुस्तकालयलाई थप व्यवस्थित गर्दै थाहा नगर  र आसपासका क्षेत्रको शैक्षिक तथा सामाजिक पहिचानलाई कायमै राख्न  पुस्तकालयले जोड दिनुपर्ने बताउनुभयो।
नवजागृत पुस्तकालयका अध्यक्ष सुमन बिष्टको अध्यक्षता तथा वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा न ४ का अध्यक्ष नारायण लामा,दामन रेडक्रसका सभापति मनश्याम बस्नेत,समाजसेवी दिनेश बस्नेत,माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा,पुर्व जनप्रतिनिधि दिपक सिंह लामा,जनकल्याण माबिका अध्यक्ष राजिब कुमार स्याङ्तान,पुस्तकालयका निवर्तमान अध्यक्ष मधुसूदन रायमाझी ,निवर्तमान उपाध्यक्ष कर्ण बहादुर खत्री,माओवादी केन्द्र ४ न वडा सचिब गणेश लामा लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा पुस्तकालयका पुर्व पदाधिकारी हरुलाइ सम्मान सहित बिदाइ गर्दै सम्मानपत्र प्रदान गरिएको थियो भने नयाँ समितिका पदाधिकारी हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो । नेपालमा औपचारिक रूपमा १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय दिवस मनाइन्छ । 

नेपालमा संस्थागत रूपमा पुस्तकालयस्थापना भएको २०० वर्षभन्दा लामो इतिहास रहेको छ

FB_IMG_1693572601384-1693575265.jpg
FB_IMG_1693572601384-1693575269.jpg
FB_IMG_1693572593724-1693575265.jpg
FB_IMG_1693572593724-1693575269.jpg
FB_IMG_1693572590558-1693575307.jpg
FB_IMG_1693575330355-1693575393.jpg
FB_IMG_1693575330355-1693575393.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...