pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

नयाँ बर्ष २०२३ को रौनक,लियोको परिषद बैठक थाहामा,सयौंको संख्यामा युवाहरू आउदै,

lio-1672021571.png

थाहा नगर पुस ११/ मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा अङ्ग्रेजी बर्ष २०२३ को पुर्व सन्ध्यामा सयौंको संख्यामा युवाहरु थाहा नगरपालिका मा आतिथ्यता गर्न आउने भएक छन।लियो क्लब जिल्ला परिषद ३२५ एम नेपालले आफ्नो दोश्रो जिल्ला परिषद बैठक थाहा नगरमा आयोजना गर्ने निर्णय गरेसंगै लियोमा आवद्द युवाहरु थाहा नगर आउन लागेका हुन । लियो क्लव अफ पिस थाहा नगरको आतिथ्यतामा आगामी पुस १५ र १६ मा लियो जिल्ला परिषद ३२५ एम नेपालको दोश्रो परिषद बैठक हुन लागेको हो। बैठकको तयारी तिव्र पारियको आतिथ्य क्लवका कार्यक्रम संयोजक कमल बिष्टले थाहापाटी लाई जानकारी दिए।बिष्टका अनुसार बैठक जेसिज सभाहलमा हुने छ। अङ्ग्रेजी नया बर्ष २०२३ को अवसर र प्राकृतिक सौन्दर्यले भरीपुर्ण नगरमा परिषद बैठकको आयोजना हुन लागेकोले सहभागी हरुलाइ यो बैठक बिशेष अवसर हुने आयोजकले बिश्वास लियको बैठक कार्यक्रमका उपसंयोजक रोसनी गोपालीले बताइन । सहभागीहरुलाइ थाहा नगरका सुविधायुक्त होटलमा बस्ने व्यवस्था मिलाइयको तथा चिसो मौसम र हिउँ पर्ने संभावना भएकोले अतिथिहरु लाई न्यानो कपडाको जोहो गरि आउन भनियको लियो क्लवका नगर सचीव शिशिर कुमार खत्रीले थाहापाटी लाई जानकारी दिनुभयो। परिषद बैठकको अवसरमा पिस परेड,स्थानीय कला संस्कृतिको प्रदर्शनी र दृश्यावलोकनका कार्यक्रमहरु पनि राखियको लियो क्लव अफ पिस थाहा नगरका सन २०२२-०२३ का अध्यक्ष निशा बिष्टले जानकारी दिइन। लायन्स क्लव अफ थाहा पिसको सौजन्यमा पाँच बर्ष अघि स्थापित सो क्लवले यश अघिपनी लियो क्लव जिल्ला परिषद आतिथ्यता गर्ने अवसर पाइसकेको छ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...