himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

नमूना प्रगतिद्वारा जेष्ठ सदस्य सम्मान

1755870154831-1755870295.jpg

मकवानपुर । हेटौंडा–२ देवीपथमा मूख्य कार्यालय रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले कुशे औंशी (बुबाको मुख हेर्ने दिन) को अवसरमा सहकारी संस्थाका जेष्ठ सदस्य सम्मान गरेको छ ।
‎शुक्रबार हेटौंडाको रोयल प्यालेसमा भएको कार्यक्रममा संस्थामा आवद्ध रहेका ७० वर्षभन्दा बढी उमेर समूहका जेष्ठ सदस्यसंग भेटघाटसहित अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा जेष्ठ सदस्यहरुलाई ढाकाटोपी लगाएर सम्मान गरिएको थियो ।
‎हाल संस्थामा ८४ जना ७० बर्ष माथिका जेष्ठ पुरुष सदस्यहरु रहेकोमा आज ४७ जानालाई सम्मान गरिएको संस्थाका ब्यवस्थापक बद्रीप्रसद भण्डारीले बताए ।
‎संस्थाका अध्यक्ष  मिठाराम दहालको अध्यक्षता एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
‎कर्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य एवम् प्राध्यापक शिवराज पराजुलीले ‘जेष्ठ सदस्यसंग मनका कुरा’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने संस्थाका ब्यवस्थापक बद्रीप्रसद भण्डारीले संस्थाको प्रगति विवरण जानकारी गराएका थिए ।
‎२०५५ सालमा स्थापना भएको संस्थामा हाल २ हजार ६ सय ७० जना शेयर सदस्य रहेका छन् । हेटौंडा १७ हटियामा सेवा केन्द्रसमेत रहेको संस्थामा हाल ६ जना कर्मचारी कार्यरत रहेका छन् । २ करोड ९१ लाख ९८ हजार शेयर पुँजी रहेको ब्यवस्थापक भण्डारीले बताए ।
‎संस्थाका सचिव रामजी सापकोटाले सञ्चालन गरेका कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका  सञ्चालक सीताराम दाहाल, संस्थाका  सल्लाहकार सुर्यचन्द्र न्यौपाने र जुनेली श्रेष्ठ, कोषाध्यक्ष केशव देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg