Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

नमूना प्रगतिको २४ औँ वार्षिक साधारणसभा सम्पन्न

1726755076584-1726755089.jpg

हेटौंडा, ३ असोज÷हेटौंडा २ मा अवस्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
बिहिबार संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियोे ।
सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ४२ करोड ४ लाख ५६ हजार ८९४ रुपैयाँको कुल कारोबार गरेको र चालु आर्थिक बर्षमा ४८ करोड बराबरको कारेबार गर्ने लक्ष्य रहेको संस्थाका ब्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए ।
२ हजार ५ सय ९२ जना सदस्य रहेको संस्थामा २ करोड ८५ लाख ६३ हजार दुई सय रुपैंया शेयरपुजीँ रहेको र सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई २९ करोड ९० लाख ४ हजार ५२२ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका ऋण प्रमुख लेखनाथ लम्सालले बताए ।
लम्सालले सहकारीमा ३२ करोड ८२ लाख ४५ हजार ४०४ रुपैयाँ बचत निक्षेप रहनुका साथै जगेडा कोषमा ३ करोड २९ लाख ७४ हजार ४२९ रकम रहेको बताए ।
साधारण सभाको अवसरमा सहकारीले विभिन्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।
पुरस्कृत हुनेमा जेष्ठ सदस्यतर्फ हरिप्रसाद सिग्देल र गोमादेवी भण्डारी, उत्कृष्ट बचतकर्तातर्फ मीनबहादुर प्रधान, प्रतिभा लम्साललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट ऋणी (धितो सुरक्षण) चिन्तालक्ष्मी अधिकारी, शर्मिला थापा, विष्णुप्रसाद पराजुली र वीरबहादुर न्यासुर, उत्कृष्ट व्यवसायी (पशुपालन) तर्फ सीताराम तिमल्सिना र उत्कृष्ट बाल बचतकर्तातर्फ अनुष्मा रिमाल र श्रृयाश्री खतिवडालाई सम्मान गरिएको थियो ।
त्यस्तै सहकारीले २०८० सालको एसईइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फका प्रसन्न चौलागाई, निजी विद्यालयतर्फका स्पन्दन दाहाल, प्रतिष्ठा कार्कीलाई र प्लस टु परीक्षामा उत्कृष्ट हुने निश्चित घिमिरे र पूर्णिमा सञ्जेललाई नगद सहित पुरस्कृत गरिएको थियो । त्यस्तै स्नातकतर्फ सुस्मिता तिमल्सिना, आदर्श लामिछाने, विपना चौलागाई, प्रमिसा पौडेल, प्रमिस पौडेललाई र स्नातकोत्तरतर्फका आश्मा शर्मा पौडेललाई नगद सहित पुरस्कृत गरिएको थियो ।
साधारण सभाकै अवसरमा पत्रकारिता मार्फत सहकारी क्षेत्रको विकासमा योगदान पु¥याएवापत समृद्ध समाज दैनिकका प्रधान सम्पादक सुरेश श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो ।
साधारणसभामा संस्थाका उपाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्र्रसाद लम्साल, बागमती प्रदेश सहकारी विकास वोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक विदुर हुमागाई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी उपाध्यक्ष मीनाकुमारी चौरेल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
साधारणसभाले संस्थाका अध्यक्ष मिठाराम दाहालले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदन सहितको भाबी नीति तथा कार्यक्रमका साथै कोषाध्यक्ष केशव प्रसाद देवकोटाले प्रस्तुत गर्नुभएको गता आथ्कि बर्षको बित्तिय विवरण र चालु आर्थिक बर्षको लागि अनुमानित बजेट अनुमोदन गरेको छ ।
सहकारी संस्थाले हेटौंडा २ मा रहेको मूख्य कार्यालय र हेटौंडा १७ मा रहेको सदस्य सेवा केन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रदान गर्देै आईरहेको छ । संस्थामा हाल ६ जना कर्मचारी कार्यरत छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg