Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

नगर प्रहरीलाई नगर प्रमुख विष्टको आग्रह :-अनुशासनमा रहेर आफ्नो कर्तव्य पुरा गर्नु ,

386335350_798343838960208-1696502256.jpg

थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले जुनसुकै काम गर्दा व्यक्ति नभइ विधिलाई मान्न आग्रह गरेका छन् । थाहा नगरपालिकाले भर्ना गरेका नगर प्रहरीको १० दिने आधारभुत तालिमको समापनका अवसरमा आयोजना गरिएको दीक्षान्त समारोहमा बाेल्दै नगर प्रमुख बिष्टले यस्तो बताएका हुन् ।

  नगर प्रमुख बिष्टले नगरप्रहरीलाई विधिमा रहेर अनुशासनमा रहेर नगरप्रहरीलाई काम कर्तव्य गर्न आग्रह गदै नगर प्रमुख बिष्टले नगरप्रहरीका अधिकार भित्र रहेर काम गर्नु पर्ने र व्यक्ति भन्दा विधिलाई मान्नु पर्ने बताए ।  स्थानीय सरकारको काम, कारवाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भर्ना गरिएको र त्यसै अनुरुप ईलाका प्रहरी कार्यालय पालुङसँगको समन्वयमा १० दिने आधारभूत तालिम आयोजना गरिएको बताउँदै सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा नगर प्रमुख बिष्टले जोड दिए ।

नगर प्रहरी दीक्षान्त समारोह कार्यक्रमको आयोजनामा थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी बाट नगर प्रहरीले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन ।  सो अवसरमा बोल्दै नगर प्रमुख बिष्ट र प्रमुख प्रशासकीय अधिकृत गिरीले नगर प्रहरीले इमान्दारिता र कर्तव्यनिष्ठरुपमा नगर मातहतमा रहेर सुरक्षा व्यवस्थापनको काममा खटिन निर्देशन समेत दिनुभयो।

थाहा नगरपालिकाले भर्ना गरेका नगर प्रहरीलाई ईलाका प्रहरी कार्यालय पालुङले दस दिने आधारभूत तालिम प्रदान गरेको हो। नगर प्रहरीको कार्य सम्पादनलाई प्रभावकारी बनाउन थाहा नगरपालिकाले ईलाका प्रहरी कार्यालय पालुङ संगको समन्वयमा आधारभुत तालिम सञ्चालन गरेको हो ।

  उनीहरूलाई बजार व्यवस्थापन, अग्नी नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापनका बारेमा पनि तालिम दिइएको छ। नगर प्रहरीलाई घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्याम थापा मगरले बताए ।

नगर प्रहरीलाई शारीरिक व्यायाम, खेलकुद, कवाज, खालीहात लडाइँलगायतका बाह्य गतिविधिमा समेत संग्लन गराई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । नगर प्रहरीमा एक असइ ,दुई हल्दार ,र सात जवान रहेका छन। नियुक्त गरेका नगर प्रहरीहरुलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

दिक्षान्त समारोहमा नगर उपप्रमुख भरत गोपालीले नवनियुक्त नगरप्रहरी लाई प्रमाणपत्र प्रदान गरेका थिए भने तालिम अबधिभर उत्कृष्ट हुने नगर प्रहरी जवान रमेश थिङलाइ नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो। तालिममा सहभागी १० जना सबै उतिर्ण भएका थिए,नगर प्रहरीहरुमा नगर प्रहरी सहायक निरीक्षक किरण गिरी,हवल्दार संग्राम खत्री,मनोज केसी तथा जवानहरु रामशरण गोपाली,तिर्थराम बिष्ट ,सुरज बिष्ट ,कमल कार्की ,श्रमिक लामा,रमेश थिङ,र सविन बिष्ट रहेका छन। दिक्षान्त समारोहमा थाहा नगरपालिका भित्रका वडा अध्यक्ष हरु,कार्यपालिका सदस्यहरु,नगरपालिकाका विषयगत शाखाका प्रमुख हरु,ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी हरुको उपस्तिथि रहेको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg