Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

नगरपालिकाबाट हुने हरेक कार्यक्रमहरुको आयव्यय विवरण स्पष्ट गर्न जसपाको सुझाव

download0000-1623835653.png

२ असार/जनता समाजबादी पार्टी (जसपा)ले नगरपालिकाबाट हुने हरेक कार्यक्रमहरुको आयव्यय विवरण स्पष्ट गर्न र प्राकृतिक स्रोत साधनको संरक्षण र बाह्य निकासी बन्द गर्न पनि विशेष सुझाव दिइएको  छ । 
 

थाहा नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्याक्रमको लागि बिभिन्न राजनैतिक दर संघ संस्थासंग मागेको सुझव पेश गर्दै जसपाले जनसहभागितासहितका कार्यक्रमहरु मात्र गर्न सुझाव दिइएको छ । 
 

बुधबार जसपाका थाहानगर प्रतिनिधि इन्द्रबहादुर श्रेष्ठले नगर उपप्रमुख खड्ग गोपालीमार्फत् सुझाव दिएको हो ।


सुझाव पत्रमा जसपाले नगरमा  परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणालिको अवलम्बन गर्न, युवा लक्षित कृषि उत्पादन बजारिकरण तथा आधुनिकिकरण कृषि उपज प्रोत्साहन कार्यक्रमको लागि जोड दिनुपर्ने सुझाव दिइएको छ । 
 

त्यस्तै सुझावमा स्वास्थ्यतर्फ कोरोना भाईरस नियन्त्रणलाई प्रमुख प्राथमिकता दिदैँ प्राथमिक स्वास्थ्य चौकीलाई आधुनिक उपकरणसहित आवश्यक जनशक्तिको व्यवस्था मिलाउन माग गरेको छ । सुझावमा सरकारद्धारा तोकिएको १५ शैय्या अस्पताललाई तत्काल निर्माण गर्ने नीति लिन पनि भनिएको छ । 

सुझाव पत्रमा पर्यटन शाखाको स्थापना गरी थाहानगरको पर्यटन प्रवद्र्धनमा जोडिनु पर्ने जनाएको छ । नगरका सबै विद्यालयहरुलाई प्रविधि मैत्री बनाउन आवश्यक रहेको औंल्याउँदै सम्पूर्ण विद्यार्थीहरुको पहँुचमा इन्टरनेट सेवा प्रदान गर्न दुरसंचार सस्थानको इन्टरनेटलाई विस्तार गर्न पहल गर्न सुझाएको छ ।
स्वच्छ खानेपानीको समस्या रहेकोले पानीको मुहान संरक्षण कार्यक्रम बनाउन जोड गरेको छ ।

खेलकुद सम्बन्धि कार्यक्रमलाई व्यवस्थापन गर्न सम्भावित खेल मैदानहरुलाई छनौट गरि खेलकुदमा पूर्वाधार निर्माणको लागि आवश्यक बजेटको व्यवस्था मिलाउन आग्रह गरिएको छ । 
 

सुझावपत्रमा त्रिभुवन राजपथ र कुन्छाल कुलेखानी सडक तथा भित्री सडकहरु अतिक्रमण गरि घरटहरा बनाउने कार्य संचालित हुँदा ती कार्यहरु तत्काल रोक्नतर्फ नगरलाई ध्यानाकर्षण गराइएको छ ।

यसैगरी, नगरको सम्पूर्ण पुर्वाधार निर्माण कार्यको सुक्ष्म अनुगमन गर्न नगरमा कृयाशील अन्तरपार्टीलाई समावेस गरि अधिकार सम्पन्न अनुगमन समिति बनाउन पनि माग गरेको छ ।  

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg