pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

धारापानीकि सुन्तली लाई 'हामी छौ' को साथ
मनले नमानेर थाहामा २ जना वास्तविक पिडितको सहयोगको लागि छनौट गरेको बस्नेतले बताउनुभयो।

1721474747137-1721474776.jpg

देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ देशका विभिन्न भागमा छायांकन सक्कायर डकुड्रामा "हामी छौ" को टोली पुनःथाहाको शिखरकोट आइपुगेको छ।
सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको डकुड्रामाले थाहा नगरपालिकामा २ जनालाई छनौट गरेको छ।
 वडा न ४ मा रहेकी बिपन्न तथा एकल दलित महिला चिनीमैयाँ नेपालीलाई यस अघि छनौट गरिएकोमा पुनः अर्का एकल दलित महिला धारापानीका सुन्तली बिक लाई छनौट गरिएको डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले जानकारी दिनुभयो।
डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना व्यक्ति छनोट गरिएको छ,जो वास्तविक जीवनमै पीडित छन् । हरेक मान्छेलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी निर्माण पक्षको छ । डकुड्रामाको उद्देश्य चाहिने भन्दा बढि आर्थिक रुपमा पीडितलाई सहयोग गर्ने रहेको ड्रामाकी कलाकार तथा निर्माता सलिना बस्नेतले बताइन्।
थाहा ४ मा रहेकी चिनीमैया नेपाली छनौट भएसंगै निर्माण टोली १९ असारमा शिखरकोटमा आएर 
निर्माण टिमले तत्काल २५ हजार नगद सहित एउटा लुगा सिलाउने मेसिन प्रदान गरेको थियो।भने अहिले सुन्तली बिकलाई पनि तेस्तै खाले सहयोग गरेको प्रस्तुतकर्ता शोभित बस्नेतले बताए।

थाहा नगरपालिका भित्र रहेका पर्यटकिय क्षेत्रलाई चलचित्र मार्फत देश तथा बिदेश पुर्याउदै आइरहेका बस्नेतले सामाजिक सेवा तर्फको कदमले पनि थाहा नगरपालिका नै रोजेका छन।
उनले थाहा नगरपालिकाले आफ्नो योगदानको कदर नगरेपनी आफ्नो मनमा सधै दामन पालुङको सुन्दरतालाई क्यामेरामा कैद गरेर संसारभर लगिरहने बताउनुभयो।
उनले थाहामा भएको फिल्म फेस्टिबललाई लक्षित गर्दै भने  " तेत्रो ७ दिन फिल्म फेस्टिभल हुँदा दामन पालुङ लाई चलचित्र छायांकन गर्न लागिरहने हामी जस्ता चलचित्रकर्मीलाई नसम्झदा दुःख लागेको थियो"।
"तरपनी यो ठाउँको माया लागिरहन्छ" तेसैले सात प्रदेशको ७ वटा पिडित छनौट गर्दा पनि मनले नमानेर थाहामा २ जना वास्तविक पिडितको सहयोगको लागि छनौट गरेको बस्नेतले बताउनुभयो।

डकुड्रामाको सुटिङनै थाहाको चित्लाङबाट गरेका बस्नेतले थाहा भित्रको अर्को एक जना अति बिपन्न लाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पछि पुन थाहाका बिक लाई रोजेका हुन।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामा आगामी दसैंमा ओटिटी फर्मबाट रिलिज हुने जनाइएको छ। यो डकुड्रामा ७ भागको हुनेछ।

सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिका रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए। सुशील देवकोटाको लेखन रहेको डकुड्रामाका निर्देशक रामजी राउत हुन्।

रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत रहने डकुड्रामालाई बन्दे प्रसादले सम्पादन गर्नेछन्।

1721474747137-1721474779.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...