Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

द भ्वाइस किड्सको उपाधी मकवानपुरे जेनिस उप्रेतिलाइ ।

1642296827390-1642297120.jpg

सुमधुर स्वरका धनी जेनिश उप्रेती ले नेपालको पहिलो द भ्वाईस अफ किड्सको उपाधी उचालेका छन ।  हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ किड्सको भर्खरैं सम्पन्न द भ्वाइस अफ किड्स सिजन वानको फाईनलमा जेनिशले द भ्वाईस अफ किड्सको उपाधी जित्न सफल हुनुभएको हो ।  सिजन वानमा शुरु देखि नै दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेती नेपालको पहिलो भ्वाईस अफ किड्स बन्न सफल हुनुभएको हो । जेनिशले द भ्वाईस अफ किड्सको ट्रफी सङ्गै नगद १५ लाख र अन्य धेरै नगद विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । दर्शकको भोटको आधारमा टिम प्रमोदमा रहनु भएका जेनिशले उपाधी चुम्न सफल हुनुभएको हो । दर्शकले गरेको भोटको आधारमा जेनिश गत शाता उत्कृट ८ मा पर्नुभएको थियो ।  द भ्वाईस अफ किड्सको उपाधी जितेपछि  जेनिशले दर्शक र निर्णायकलाई आभार व्यक्त गर्नुभएको छ ।  को हुन् जेनिस ? जेनिसको जन्म विस २०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा भएको हो । उहाँको आमा केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । जेनिशको बुवा बैदेशिक रोजगारीमा खाडी मुलुकमा हुनुहुन्छ । चार बषकै उमेरमा गीत गाउन शुरु गर्नुभएको जेनिस अहिले ११ बर्षको हुनुभयो । जेनिशका बुबाु रोजगारीको शिलशिलामा कुवेतमा बिगत १० बर्षदेखि सवारी चालकको रुपमा कार्यरत हुनुहुन्छ । सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काका रेमश उप्रेतीसंगै चितवनमा बस्दै आउनुभएको छ । उहाँ अहिले चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ ।  जेनिशका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले ४ बर्षको उमेर विद्यालयमा अविभावक भेलामा गीत गाउन शुरु गर्नुभएको थियो । द भ्वाइस अफ किड्सको छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिस पहिलो सिजनको प्रमुख उपाधि दाबेदारका रुपमा परिचीत हुनुहुन्थ्यो । उहाँले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काउनु भएको थियो । त्यस्तै ब्याटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गनुभएको थियो ।  जेनिशले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाउनु भएको थियो । पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलले गाउनु भएको .....यो कुरा गोप्य नैं राखौंला .... बोलको गित गाउनु भएको थियो भने सेमिफाईनल राउण्डमा जेनिशले आनन्द कार्कीले गाउनु भएको जनम जनम ज्युउला संगैं .... बोलको गित गाउनुभएको थियो । फाईनल राउन्डमा भने जेनिशले नारायण गोपालको गल्ती हजार हुन्छन् .... बोलको गित गाएर लाखौ दर्शकको मन जित्नुभएको थियो । हेटौडामा जन्मेको दुई बर्षमा जेनिशलाई आमाले झापा मामाघर लिएर जानु भएको थियो । त्यसपछि जेनिशको करिब ८ बर्ष मामाघरमै बित्यो । सोही क्रममा जेनिशले संगीतको कक्षा पनि लिनुभएको थियो । जेनिसका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले संगीत सिक्न थालेको चार बर्ष भइसकेको छ । जेनिशको संगीतमा लगाब भने ४ बर्षको उमेरदेखि नै थियो ।  थाहा नेपाल डट कम 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...