pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दोहोरो सुबिधा लिइरहेका हरुको सामाजिज सुरक्षा भत्ता कटौती गर्दै थाहा नगर।(हेर्नुस कार्यपालिका बैठकको निर्णय)

FB_IMG_1684759566271-1684759583.jpg

थाहा नगरपालिकाले  सामाजिक सुरक्षा भत्ता बितरण नितिमा परिमार्जन गर्न , दोहोरो सुबिधा लिई रहेकाहरुको सामाजिक सुुरक्षा भत्ता कटौती गर्न कार्यपालिका बैठकमा छलफल गरेको छ । 
८ जेठमा नगरको कार्यपालिका बैठकमा सरकारी निकायबाट तलब, भत्ता, पेन्सन वा कुनै पनि मासिक सुबिधा पाईरहेकाहरुले सामाजिक सुरक्षा भत्ता नपाउने छलफल भएको नगरका प्रवक्ता हेरमान गोपालीले जानकारी दिए ।
थाहा नगरपालिकाबाट जेष्ठ नागरिक, अपांग, बिधवा र एकल व्यक्ति गर करिब २ सय २७ जनाले सामाजिक सुरक्षा भत्ता सहित दोहोरो सुबिधा  लिइरहेको पाइएको छ । उक्त भत्ता नगरका विभिन्न सरकारी तथा निजि बैंकहरु मार्फत बितरण हुदै आएको छ ।

अब वडा कार्यालयबाटै दोहोरो सेवा लिईरहेकाहरुको लगत कट्टा हुने गरी काम थाल्न कार्यपालिकाले निर्णय गरेको प्रवक्ता गोपालीले जानकारी दिए।
थाहा नगरपालिका पञ्जिकरण शाखाले दिएको जानकारी अनुसार नगरमा अति अशक्त भत्ता र पेन्सन दुवै भत्ता बुझ्ने ४ जना,जेष्ठ नागरिक र एकल महिला दुवै भत्ता बुझ्ने १४ जना,जेष्ठ नागरिक दलित र पेन्सन बुझ्ने ६ जना,जेष्ठ नागरिक र  ७० बर्ष माथी दुवै बुझ्ने १६९ जना,पुर्ण अपाङ्गता तथा पेन्सन दुवै भत्ता बुझ्ने २ जना ,बिधवा भत्ता र पेन्सन दुबै भत्ता बुझ्ने ३२ जना रहेको जानकारी दिएको छ।
तेसैगरी आजको बैठकले मिडिया एजेन्सीहरुलाई दिइने ठेक्का बन्दोबस्ती तथा टेन्डर आह्वानका सुचना आगामी बर्ष देखि एकद्वार प्रणाली अन्तर्गत सरकारी छापामाध्यम गोरखापत्रमा मात्र प्रकाशित गर्ने निर्णय गरेको छ भने दामनमा अवस्थित भ्यु टावर लाई टेण्डर आह्वान गर्ने निर्णय गरेको प्रवक्ता हेरमान गोपालीले बताउनुभयो ।
कार्यपालिका बैठकले आगामी बर्षको बजेट तथा नीति ,तथा कार्यक्रमको तयारी सम्बन्धमा नगर प्रमुख बिष्णु बिष्टको संयोजकत्वमा ५ सदस्यीय नीति तथा कार्यक्रम मस्यौदा समिती समेत निर्माण गरेको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...