pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

दुधको मूल्य बढाउन केन्द्रीय दुग्ध संघको मागलाई जिल्ला संघको साथ

FB_IMG_1676041047975-1676041062.jpg


हेटौंडा, २७ माघ/संस्थागत रुपमा दुधको मूल्य बृद्धि गर्नका लागि केन्द्रीय दुग्ध सहकारी संघले सरकार संग गरेको माग प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले एैक्यबद्धता जनाएको छ ।
शुक्रबार मकवानपुर जिल्ला सहकारी संघले जारी गरेको प्रेस बिज्ञप्तीमा फागुन १ गते देखि लागुहुनेगरी दूधको मूल्य बृद्धि गर्न अल्टिमेटम दिदै उक्त समय सिमाभित्र दूधको मूल्य बृद्धि गर्न आग्रह गरिएको छ । 
संघका अध्यक्ष हरि प्रसाद कंडेलद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा निर्धारित समयमा दुधको मूल्य बृद्धि नभएमा डेरी उद्योगीहरुको समन्वयमा दूधको मूल्य बृद्धिको घोषणा गरिने उल्लेख गरिएको छ । कडेंलले कृषकहरुलाई पशुपालन पेशामा अकर्षित गराई दूधमा आत्मनिर्भर बनाउन दुधको मूल्य बढाउन पर्ने बताउनुभयो । उहाँले पशुपालन पेशामा युवाहरुलाई आकर्षित गरी बिदेश पलायन हुने अवस्थाबाट जोगाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पशुलाई खुवाउने पराल, दाना चोकर, औषधि लगायतको मूल्य अत्याधिक बृद्धि हुनु, कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा रहेकोले हाल दुधको मूल्य बृद्धि गर्न सरकार समक्ष अनुरोध गरिएको मकवानपुर जिल्ला दुग्ध सहकारी संघले जनाएको छ । 
संघका अनुसार सरकारले यही फागुन १ गतेदेखि दुधको मूल्य बृद्धि नगरेमा कृषकहरु देशब्यापी आन्दोलनका कार्यक्रमहरु सहित सडकमा उत्रनेछन् ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.अन्तर्गत रहेका ६० वटा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्थाद्वारा दैनिक करिव ४० हजार लिटर दूध संकलन गरि बिभिन्न उद्योगहरुमा बिक्री बितरण गर्दै आएको छ ।
संघले हाल दैनिक ११ हजार परिवारको दूध संकलन गर्दै करिव २७ लाखको हाराहारीमा शहरको पूँजी दैनिक गाउँ पुर्‍याउँदै गरिव विपन्न किसानहरुको आयआर्जनमा टेवा पुर्‍याउने काम गर्दै आएको संघका ब्यवस्थापक कुमारमणी दाहालले बताउनुभयो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...