himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

दुई महिनामा हेटौंडा -काठमाडौं जोड्ने सडक मर्मत सम्पन्न हुने,

326000824_562353069258763-1675780602.jpg


 २४ माघ
वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट देशको राजधानी काठमाण्डौँ प्रवेश गर्ने छोटो नाकाको रुपमा रहेको हेटौँडा–भीमफेदी–फाखेल–काठमाण्डौँ सडक मर्मतको कार्य २ महिनाभित्र सम्पन्न गर्नको लागि वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निर्देशन दिनुभएको छ । राजधानी संग जोड्ने ६ वटा सडक मर्मत कार्य गर्नुपर्ने भएतापनि तत्कालको लागि सडक सम्पन्न गर्न उहाँले बैठक आयोजना गर्नुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले भैंसे–भिमफेदी र हुमाने–फर्पिंग खण्डको काम सम्पन्न गर्नको लागि सडकमा यातायात नै बन्द गरेर कार्य गरिने बताउनुभयो । उक्त कार्यको लागि बैकल्पिक सडकको प्रयोग गर्नुपर्दा यातायात ब्यबसायीहरुलाई सरकारले निशुल्क रुट परकिटको ब्यबस्था गर्नुको साथै परमिटको म्याद नाघेमा पनि जरिवाना नलिने बताउदै ब्यबसायीहरुले पनि भाडादर यथावतै राख्नुपर्ने र सुरक्षित गराउनुपर्ने भन्दै उहाँले यातायात ब्यबसायीहरुलाई बताउनुभयो । सुरक्षा ब्यबस्था कायम गर्नको लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी कार्यालय लगाएतका कार्यालयहरुलाई समेत निर्देशन दिनुभयो । साथै बैकल्पिक सडकको रुपमा कान्ति लोकपथ र थानकोट–चित्लांग–मार्खु–कुलेखानी–भिमफेदी खण्डबाट यातायात सुचारु गर्ने उहाँले बताउनुभयो ।
यसको साथै भीमफेदी– भैंसे खण्ड ११ कि.मि. हुमाने फर्पिङ्ग खण्ड– ७.५ कि.मि., दक्षिणकाली– छैमले खण्ड – ८ कि.मि., प्रदेश राजधानी आयोजना छैमले– सिस्नेरी खण्ड ११ कि.मि को कार्य पनि भैरहेको उहाँले जनाउनुभयो ।
बैठकमा भौतिक पुर्बाधार विकास मन्त्री युवराज दुलालले काम गर्ने क्रममा प्रदेश सरकारले निर्माण कम्पनिलाई आबश्यक सहयोग गर्ने तर काममा ढिलासुस्ती गरेको भेटिएमा कडा कारबाही गर्ने बताउनुभयो । पहुँचको आधारमा पेल्न खोज्ने कम्पनीहरुलाई पनि प्रक्रियामा लगेर समयमा काम सम्पन्न गर्ने उहाँको भनाई रहेको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg