Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

दीर्घरोगीलाई त्रैमासिक रुपमा १५ हजार उपलब्ध गराउने सरकारको निर्णय

download-1648640674.jpg

सरकारले ४ प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक रुपमा ५ हजार उपलब्ध गराउने निर्णय गरेको हो । 

सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम गर्नका लागि जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ दिएको अधिकार प्रयोग गरी कार्यविधि नै बनाएर निर्णय कार्यान्वयनको बाटो खुलाएको मन्त्रालय सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै औषधि उपचार बापत खर्च उपलब्ध गराउने कार्यविधि २०६८ स्वीकृत गरिएको हो । सो कार्यविधिलाई तुरुन्त लागू गर्न भन्दै नीति, योजना तथा अनुगमन महाशाखाले देशभरका ७५३ स्थानीयबाट रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेको मासिक पाँच हजार रुपैयाँका दरले त्रैमासिक रुपमा महिनाको अन्तिम दिन एकमुष्ट १५ हजार स्थानीय तहले बिरामीको बैंक खातामा जम्मा गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।    

यी विरामीले पाउँछन् मासिक ५ हजार


–मिर्गौला प्रत्यारोपण गराएका


–डायलाइसिस गराइरहेका


–क्यान्सर रोग उपचारपछि निको भइसकेका व्यक्ति बाहेकका क्यान्सर रोगी  क्यान्सर पहिचान भई उपचारपछि निको भईसकेको तर चिकित्सकले तीन महिना भित्र निरन्तर निगरानीमा राखेर उपचार गराएका व्यक्तिले पाउनेछन् ।

–मेरुदण्ड पक्षघात भएका ९रातो र निलो अपाङ्गता० परिचय पत्र बाहेकका व्यक्तिले पाउने छन् ।

यस्तो  छ औषधि उपचार बापत खर्च प्राप्त गर्ने प्रक्रिया

–बिरामीले औषधि उपचार बापत खर्च पाउनका लागि राष्ट्रिय परिचय पत्र नम्बर वा नागरिकताको प्रतिलिपि आवश्यक पर्छ ।

–नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि  आवश्यक पर्छ ।

–चिकित्सकको सिफारिस, मेरुदण्ड पक्षघातको हकमा अपाङ्गता सम्बन्धी प्राप्त गरेको रातो वा नीलो  कार्डको प्रतिलिपिसहित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिनुपर्छ । 

गम्भीर रोग लागेपनि यस्ता व्यक्तिले खर्च पाउँदैनन्

नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा संगठन संस्थाबाट रोजगारी निवृत्तिभरण वा विदेशी सरकारबाट  रोजगारीरपेन्सन प्राप्त गरिरहेको व्यक्ति लिए यस निर्देशिका बमोजिम मासिक वृत्ति उपलब्ध गराइने छैन  ।

– नेपाल सरकारबाट उपलब्ध गराइँदै आएका ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, वा यस निर्देशिका बमोजिम उपलब्ध गराइने मध्ये कुनै एक किसिमको भत्ता मासिक वृत्ति मात्रा प्राप्त गर्न सक्नेछन् ।

–कार्यविधिमा उल्लेख भएअनुसार एकभन्दा बढी रोग लागेका व्यक्तिले दोहोरो भत्ता प्राप्त गर्ने छैनन् ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg