pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दिव्यतारा बहुउद्देश्यीय पालुङ इकाईको साधारणसभा सम्पन्न

1728131514188-1728131535.jpg

हेटौंडामा मुख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहा सेवा केन्द्रको छैटौं इकाई सभा तथा २६ औं (साधारणसभा) सम्पन्न भएको छ। संस्थाको थाहा नगर सेवा केन्द्रको संयोजक भरत गोपालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा बागमती प्रदेश सांसद लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।

साधारणसभामा संचालक समितिका प्रतिनिधित्व गर्दै मुख्य कार्यालय हेटौंडा बाट संस्थाका सचिव ईश्वर पंडित , थाहा नगर वडा न ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी,वडा न ४ का अध्यक्ष नारायण लामा,संस्थाका थाहा इकाई सल्लाहकार खड्गबहादुर गोपाली,कृष्ण भक्त श्रेष्ठ,संस्थाका वयोवृद्ध सदस्य रामजी कार्की,संस्थाका हेटौंडा सहसचिव निलम बजगाँई,संस्थाका ऋण समिति संयोजक सन्तोष देवकोटा,नेपाली काङ्ग्रेस थाहा ३ न वडा सभापति बिक्रम गोपाली,पालुङ शाखाको कार्यसमिति सदस्यहरु नेत्रमान प्रधान,रत्न बहादुर गोले,राजभाइ गोपाली,सुमन गोले लगायत सेयर सदस्य तथा कर्मचारीहरुको उपस्तिथि रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथी सांसद श्रेष्ठले संस्थाको बित्तीय प्रगतिको मुल्यांकन उच्च रहेकोले आगामी दिनमा संस्थाको प्रगतिको कामना गर्दै साधारणसभाको सफलताको शुभकामना दियका थिय।
साधारणसभामा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै थाहा संयोजक भरत गोपालीले विभिन्न स्थानमा छरिएर रहेका स-साना पुँजीलाई एकीकृत गरि सानै भएपनी राष्ट्रिय पुँजी निर्माण गर्न संस्थाले मद्दत गरेको बताउदै सहकारी संग सम्बन्धित ऐन कानुनको परिधिभित्र रही सदैव सहकारी अभियानमा आवद्द हुन आग्रह गर्नुभयो।वहाँले आगामी आर्थिक बर्ष शेयर सदस्य संख्या १५ सय पुर्याउने लक्ष थाहा सेवा केन्द्रको रहेको बताउदै यस बर्ष संस्थाले १७ लाख २० हजार खुद नाफा गरेको र ५ करोड ८० लाखको वार्षिक कारोबार गरेको प्रतिवेदन प्रस्तुत गरे।
हाल संस्थाको मुख्य कार्यालय सहित सबै सेवाकेन्द्रको संयुक्त कारोबारमा शेयर सदस्य संख्या १० हजार ८ सय ३० ऋण सदस्य २ हजार ९ जना,शेयरपुँजी १२ करोड ३८ लाख ६९ हजार ७ सय रहेको छ भने बचत तर्फ ६८ करोड ३१ लाख ५८ हजार ४ सय रुपैयाँ र बाह्य ऋण ४३ करोड २९ लाख ७ हजार २ सय ५२ रहेको प्रतिवेदनमा उल्लेख छ।
साधारणसभा लाई संस्थाका सदस्य रत्न बहादुर गोलेले स्वागत गरेका थिए भने संस्थाका व्यवस्थापक राममाया खत्रीले संचालन गरेका थिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...