pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दामन,सिमभन्ज्याङ क्षेत्रका ५० घरधुरी लाई सुधारिएको चुलो बितरण,

FB_IMG_1683690243068-1683690689.jpg

थाहा नगरपालिका वडा नं. ४ र ५ का ५० घरधुरीलाई निःशुल्क सुधारिएको चुलो मंगलबार वितरण गरिएको छ ।

थाहा नगरपालिकाको समन्वयमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र च्वाइस नेपालको सहकार्यमा हाल थाहा नगरको दामन सिमभञ्ज्याङ क्षेत्रका ५० घरधुरीमा सुधारिएको चुलो वितरण गरिएको हो ।

मंगलबार थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर विष्ट र वडा नं. ४ का अध्यक्ष नारायण लामाले स्थानीयहरुलाई चुलो हस्तान्तरण गरेका थिए ।
चुलो हस्तान्तरण गर्दे थाहा नगरपालिकाका प्रमुख विष्टले मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने र ईन्धनको समेत बचत गराउने सुधारिएकोे चुलो वितरण कार्यक्रमलाई नगरपालिका भर बिस्तार गर्न च्वाईस नेपाललाई आग्रह गरेका छन् ।

सुधारिएको चुलो वितरण गर्न सहयोग गरेकोमा च्वाईस नेपाललाई धन्यवाद ज्ञापन गर्दै वडाका बाँकी घरघुरीहरुमा पनि सुधारिएको चुलो बितरणका लागि सहयोग गर्न थाहा नगरपाकिा वडा नं। ४ का अध्यक्ष नारायण लामाले च्वाईस नेपाललाई अनुरोध गरे ।

नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ३३ प्रतिशत अनुदानमा उपलब्ध हुने चुलोको लागि बाँकी रकम थाहा नगरपालिकाको विकास साझेदारको रुपमा क्रियाशिल संस्था च्वाइस नेपालको बाताबरण सुधार कार्यक्रम अन्तरगत लगानी रहेकोे च्वाइस नेपालका ग्रामीण विकास विज्ञ प्रताप घिमिरेले बताए ।

नेपालको १ हजार ५ सय मिटर भन्दा माथि बसोबास गर्ने परिवारलाई विभिन्न संघ संस्थासंगको सहकार्यमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ३३ प्रतिशत अनुदानमा करिव १२ हजार मूल्य बराबरको सुधारिएको चुलो वितरण गर्दे आएको छ ।

दाउरा कम खपत हुने, धुँवा धुलो रहित चुलो निशुल्क प्राप्त भएकोमा थाहा ४ का सीताराम लामाले थाहा नगरपालिका र च्वाईस नेपाललाई धन्यवाद दिए।

FB_IMG_1683690247679-1683690692.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...