himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

दामन-सिमभन्ज्याङ्मा पाईने विशेष जातका बिरुवाहरु

daman-1632904386.jpg

दामन-सिमभन्ज्याङ यसै त प्राकृतिक एवम् भौगोलिक  विशेषताले सम्पन्न भएको क्षेत्र हो जहाँबाट ८,००० मि.भन्दा माथिका नेपालमा भएका हिमाल  र त्यस बाहेकका अन्य सबै हिमालहरुको अबिस्वस्निय अवलोकन गर्न सकिन्छ, साथै यहाँको बिशेष हावापानीको कारण जैविक विविधतामा पनि दामन प्रख्यात रहेको छ। दामन समुन्द्री सतह देखि ७,६२० फीट र सिमभन्ज्याङ ८,५०० फिटको उचाईमा रहेको  पहाडी भु-भाग हो। दामनमा-सिमभन्ज्याङ्मा पाईने बिशेष बिरुवाको  जानकारी

१. हिमाली स्ट्रबेरी (रुपासी)


यो रुख २,०००- ३,००० मि।सम्मको उचाईमा पाईने सदाबहार बिरुवा हो र यसको उचाई २०-३० फिट सम्मको र झ्याम्म परेको हाँगाहरु चारैतिर फैलिएको हुन्छ।भदौ महिनादेखि सेतो रङ्गको फुल फुल्दछ र असोज – कार्तिकमा फल लाग्दछ। यसको फल र पात झट्ट हेर्दा लिचिको जस्तो देखिएता पनि यो लिची रुखको प्रजाती भने होईन। यसको फल पाकेपछी रातो रङ्गको हुन्छ र स्वाद सरिफाको जस्तो गुलियो हुन्छ । फलभित्र साना बिउहरु धेरै हुन्छन् जुनबाट नयाँ बिरुवा उत्पादन हुन्छ। यस बिरुवाको नाम नेपालमा क्षेत्र अनुसार फरक-फरक पाईएका छन् ,जस्तैस्रुपासी,गुल्ना,डम्बर ईत्यादी।यसको आफ्नै औषधिय गुण रहेको छ। यो बहु उपयोगी बिरुवा अन्तर्गत पर्दछ।
       

२. मयल (जंगली नास्पाती)


 यो काँडेदार बिरुवा पनि मध्य पहाडी भेगको २,००० – ३,००० मि।सम्मको उचाईमा पाईने सदाबहार रुख हो। हेर्दा नास्पाती जस्तै देखिने तर पात र फल भने साना हुन्छन् । यसको रुख  करिब ५० फुट सम्मको अग्लो हुन्छ भने असार देखि लटरम्म फल लागेर मंसिरमा पाक्ने गर्दछ।यसको फल पाकेपछी कालो र निकै गुलियो हुन्छ जुन पन्छीहरुको पनि मनपर्ने आह्रा हो।माघ देखि फागुन सम्म यसमा फुल्ने सेतो  रङ्गको फुलले वातावरण एकदमै रमणीय बन्ने गर्दछ। दामन स्थित शितोष्ण बागवानी नर्सरी फार्मले हरेक वर्ष यसको फललाई नासपाती सित क्रस गरि नर्सरीमा उत्पादन गर्ने गर्दछ।
 

३. पैंयुँ (जंगली चेरी)


 यो बिरुवा पनि चिसो हावापानीमा २,००० – ३,००० मि।सम्मको उचाईमा पाईन्छ तर सदाबहार बिरुवा भने होईन । दामनमा मात्रै २ जातिको पैंयुँ पाईन्छ्न,सेतो र गुलाफी फुल फुल्ने। यस बिरुवाको उचाई बढिमा ६० फुट सम्मको पाईएको छ। मंसिर,पुषमा फुल लाग्दछ भने यसको फल सानो हल्का रातो,गुलाफी रङ्गको गुलियो हुन्छ। यसको फल पनि चराहरुको मन पसन्द भोजन हो र यसको पनि आफ्नै औसधिय गुण रहेको छ। बिदेश मा यसको फलबाट जाम पनि बनाउने गरिन्छ।।


४. जंगली अङ्गुर


यो लहरेदार अनि  सदाबहार बिरुवा मध्य पहाडी भेगको २,००० – ३,५०० मि।सम्मको उचाईमा पाईन्छ। हेर्दा घरेलु अङ्गुर जस्तै देखिन्छ तर यसको लहरा धेरै लामो र फैलिएको हुन्छ। यस बिरुवामा जेठतिर बैजनी रङ्गको मसिना फुल लाग्दछ र असार(साउनमा फल पाक्दछ। पाकेको फलको आकार एउटा गुच्छा जत्रो कालो रङ्गको हुन्छ। यसको लहरालाई स्थानीयहरु आयुर्वेदिक औसधिको रुपमा प्रयोग गर्ने गर्दछन।जस्तैस्यसको लहराभित्र भएको पानी आँखाको समस्याको लागि अति उपयोगी हुन्छ।। अनि यसको फलबाट वाईन पनि बनाउन सकिन्छ।

५. चाँप

 

यो बिरुवा पनि नेपालको पहाडी भु-भाग  २,००० मि।देखि ४,००० मि।सम्मको उचाईमा पाईने एक सुन्दर अनि सुगन्धित फुल फुल्ने औसधिय गुणले भरिपुर्ण दुर्लभ जातिको  रुख हो। हालसम्म दामन क्षेत्रमा  मात्र १ ओटा ९सेतो फुल फुल्ने०यस जातिको रुख भेटिएको छ। यस जातको रुख ५० फुट सम्म अग्लो हुन्छ,पात ठुल(ठुला हुन्छन् भने फुल पनि ठुला नै हुन्छन् । यस बिरुवामा फागुन महिना देखि चैत्र,बैशाख सम्म लटरम्म फुल लाग्ने गर्दछ।। झट्ट हेर्दा  सेतो  गुराँस जस्तो देखिन्छ अनि यसको सुगन्धले  वरिपरिको पुरै वातावरण नै सुगन्धमय बनाउदछ। यसको फुलबाट बनेको अत्तर विश्व बजारमा महङ्गो मुल्यमा बिक्री हुन्छ।


६. सुनाखरी


यो पनि एक प्रजातिको दुर्लभ सुनाखरी हो जुन नेपालको दामन(सिमभन्ज्याङमा मात्र पाईने भनी त्रिभुवन बिश्व बिद्यालयको वनस्पति बिभाग बाट मिति २०६९ साल फागुनमा अध्ययन( अनुसन्धान गर्न आएका एक प्रतिनिधि टोलिले दामनमा विशेष कार्यक्रम राखी स्थानीयलाई जानकार गराएका थिए। सिमभन्ज्याङ्मा पाईने यो प्रजातिको सुनाखरीमा चाहिँ सुनौलो रङ्गको मसिना फुल असार-साउनमा फुल्दछ र यसको झुप्पा जमिनतिर झुकेको हुन्छ।। यस सुनाखरिको बिरुवाबाट अनेक प्रकारका रोग निवारक औसधि बन्ने तथ्य माथी दिईएको लिन्कमा पढ्न सकिन्छ। सिमभन्ज्याङ क्षेत्रमा यस प्रजातिको बिरुवाको चोरी(निकासी भएको कारण हाल त्यस क्षेत्रमा यस प्रजातिको सुनाखरि लोपोन्मुख हुने सम्भावना रहेको छ।

माथी उल्लेखित बिरुवाहरुको आ-आफ्नै विशेषताहरु भएकै कारण यिनिहरुको गैर जिम्मेवार,गैर कानुनी तरिकाले दुरुपयोग हुँदै आईरहेको छ। कतिले यिनको बिनाश गरि पारस्थितिक  प्रणालीमा प्रत्यक्ष असर पुर्याईरहेका छन् भने कति प्याधाहरुले यीनको फल र फुलमा रम्ने र बाँच्ने सुन्दर अनि दुर्लभ पंक्षीहरुको सिकार गरि जैविक बिबिधतामा हानी गरिरहेका छन् । यसता ज्ञात-अज्ञात अनगिन्ती बिरुवा,पशुपन्छी,जडिबुटीहरुको भण्डार भएको दामन-सिमभन्ज्याङमा जैविक बिबिधता कायम राखी  वातावरण मैत्री जीवन र पर्यटनमा अभुतपुर्ण योगदान दिने दायित्व अबको पिँढिहरुको र स्थानीय सामुदायिक बन उपभोक्ता समितिहरुको पनि हो।

https://www.thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg