Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

दामन-सिमभन्ज्याङको जङ्गलमा पाईने बहुगुणी खरानी च्याउ

kharani-chyau-1633080034.jpg

थाहा नगरपालिकाको जैविक एबम प्राकृतिक सम्पदाले सम्पन्न प्रख्यात पर्यटकिय क्षेत्र दामन-सिमभन्ज्याङको  शितोश्ण हावापानीमा पाईने एक बिशेष जातको बहुगुणी अनि दुर्लभ च्याउ हो- खरानी च्याउ । यस जातिको च्याउ यहाँको जङ्गलमा हुने कडा जातको बिरुवा खस्रु र बाँजोको  रुख अनि ठुटोमुढोहरुमा उम्रने गर्दछ। यो जातिको च्याउ सुन्तला या पहेँलो रङ्गमा पाईन्छ भने कुनैको हल्का रातो रङ्ग पनि हुने गर्दछ। पछाडि पट्टिको भागमा सेतो पदार्थ हुन्छ जसलाई खानु अघि खुर्केर सफा गर्नुपर्दछ। यो च्याउ यहाँको हावापानी अनुसार फस्टाई असोज महिना तिर पाक्ने गर्दछ र एकै ठाउँमा ८ देखि १० केजि सम्म पनि फल्ने गर्दछ।

बिगत १५-२० वर्ष अघिसम्म धेरै मात्रामा पाईने यस  जातिको च्याउ हाल दुर्लभ हुँदै गएको छ। मौसम परिवर्तनको प्रभाव  यसको एक प्रमुख कारण हो भने चोरी-पैठारी अनि वन बिनाश यसको अर्को दोस्रो प्रमुख कारण हो। स्थानीय स्तरमा भैरहेको अत्यधिक वन बिनासले गर्दा यो जातिको च्याउ उम्रन महत्त्वपूर्ण भुमिका खेल्ने खस्रु अनि बाँजो जातको रुख मासिदै छन् । सिमभन्ज्याङको डाँडामा देखिने अगला-अगला अनि ठुला रूखहरु नै खस्रु जातिजा रुख हुन। यी जातिका रुखहरुको संरक्षण गरि खरानी च्याउ र  अन्य यस्तै च्याउ  उम्रने ठुटोमुढोहरुलाई दाउराको प्रयोजनकोलागी प्रतिबन्ध लगाउने हो भने केही वर्षमा नै बहुगुणी,बहुउपयोगी च्याउहरु पुनः प्रशस्तै देख्न र खान पाईने छ।

खरानी च्याउ मासु भन्दा पनि स्वादिस्ट हुने भएकोले नै यसलाई अङ्ग्रेजीना Chicken of the woods अर्थात् जङ्गलको कुखुरा भन्ने गरिन्छ। यसलाई पोलेर,उसिनेर,तारेर वा कुनै पनि तरिकाले पकाएर खान सकिन्छ। यो च्याउ औसधिय गुणहरुको भणडार हो जसमा Antimicrobial,antibacterial,antioxidant,lanostanoids,anti carcinogenic,anti cancer,diabetes and hormone balancer,anti inflammatory,protein,vitamin c and potassium etc  तत्वहरु पाईन्छ ।

यो च्याउ बाहेक यहाँको जङ्गलमा गुच्छे च्याउ,मृगे च्याउ ,सल्ले च्याउ,कन्य च्याउ लगायत अन्य धेरै जातिका च्याउहरु पनि पाईन्छन।

https://www.thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg