Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दामन,सिमभन्ज्यांग क्षेत्रको खाली जग्गालाई नगरपालीकाको भोगचलन भित्र ल्याई ठुला लगानीकर्ता भित्राउछु :नगर प्रमुख बिष्ट

jci5-1668265319.jpg

दामन सिम्भन्ज्यांग क्षेत्रको खाली जग्गालाई नगरपालीकाको भोगचलन भित्र ल्याई ठुला लगानीकर्ता लाइ भित्राइ ठुला होटल निर्माण गर्न लिजमा दिन अव जुन सरकार आएपनि पहल गरीने तेसको लागि सहयोग गर्न आग्रह गर्नुभएको छ| थाहा नगरपालिकामा पालुंग जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२२ को समापन समारोहलाई सम्बोधन गर्दै थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले उक्त कुरा बताउनुभएको हो |वहाले भन्नुभयो "थाहा नगरको पर्यटन विकासको प्रवर्धन गर्नको निम्तिपनि सिम्भन्ज्यांग,दामन देखी नयागाउ सम्मको खाली जग्गालाई नगरपालिकाको मातहतमा ल्याउनसके ठुला होटल तथा रेस्टुरेन्ट व्यावसायीलाइ जग्गा भाडामा दिएर थाहा नगर आउने पाहुनालाई उचित वासको प्रवन्ध गर्न सके नगरको पर्यटन विकासमा ठुलो फड्को हुने बताए " साथै यसको लागी अव बन्ने सरकार संग पहल गरीने बताए |

प्रमुख बिष्टले थाहा नगरको विकासमा सम्भावना र चुनौती दुवै भएकोले पोलीसी राम्रो बनाउन नसके नगरको विकासले फड्को मार्न नसक्ने बताउदै नगरपालिकाको नीतिनिर्माण गर्दा जेसिज जस्ता संस्था हरुको पनि सुझाव र सल्लाह आवश्यक पर्ने हुदा सकारात्मक सुझावको अपेक्षा राख्दै मेयर बिष्टले भन्नुभयो" आफु थाहाको लागी कन्फरटेवल मेयर भएको स्मरण गराउदै जेसिज बाट देशका राजनैतिक दलहरुले नेतृत्वमा एकपटक मात्र भन्ने कुरा सिक्नुपर्ने बताउदै तेसो हुदा देशको राजनीतिलेपनि सुधारको बाटो लिने बताउदै जेसिजमा लागेका युवाहरु राजनीतिमा पनि आउनुपर्नेमा जोड दिए

तेसै गरी बिशिस्ट अतिथि नेपाल जेसिजका महासचिव कृष्ण सापकोटाले पालुंग जेसिजको सहयोगको सदासर्वदा जीवन्त रहिरहने बताउदै जेसिजमा लाग्नेहरुको महान चाड जेसिज सप्ताह कार्यक्रम भएको उल्लेख गर्दै सामुदायिक सेवा अन्तर्गत पर्ने यस्ता कार्यक्रमको निरन्तरा दिएर पालुंग जेसिजले सराहनीय कार्य गरेको भन्दै राष्ट्रिय अध्यक्षको तर्फबाट पठाएको शुभकामना समेत दिएका थिए

पालुंग जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा सम्पन्न जेसिज सप्ताह समापन समारोहमा प्रमुख अतिथि थाहा नगरका प्रमुख बिष्णु बिष्ट,विशिष्ट अतिथि नेपाल जेसिज २०२२ का महासचिव कृष्ण सापकोटा,जेसी आइ बसामाडी २०२२ का अध्यक्ष चिराग अग्रवाल,मकवानपुर गढी जेसिजका सस्थापक अध्यक्ष पुष्पराज पुडासैनी,नेपाल जेसिजका २०२२ का नोम एडिटर सरोज अधिकारी,थाहा नगर उधोग बाणिज्य संघका अध्यक्ष कविराज खत्री,पालुंग जेसिजका संस्थापक अध्यक्ष पुर्षोतम ढकाल,थाहा ३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझी,फरक सोचका अध्यक्ष यादव रायमाझी,कृषि बिकास बैक पालुंग शाखाक प्रमुख नन्दराम अधिकारी,शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक शुदर्शन गुरुङ,पालुंग बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकास पौडेल,पालुंग क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,जेसिजका पुर्व अध्यक्षहरु सुरेन्द्रमान प्रधान,रामप्रसाद ढकाल,मनोज रायमाझी,नवराज लामा लगाएत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु,पालुंग जेसिजका शाखा सम्पादक हरुको उपस्थिति रहेको थियो |

समापन कार्यक्रमको अवसरमा जेसिज सप्ताहलाई सफल बनाउन सहयोग गर्ने कार्यक्रम संयोजक हरुलाई मायाको चिनो तथा प्रसंसापत्र द्वारा सम्मान गरियको थियो |कार्यक्रमको अन्तमा जेसिज अध्यक्ष जयराम खत्रीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण जेसिज हरुलाई धन्यवाद दिएका थिय कार्यक्रमलाई पालुंग जेसिज वर्ष २०२२ का महासचिव निरज रायामाझी ले संचालन गरेका थिय

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...