Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

दामन भ्यू टावर २० वर्षका लागि निजी क्षेत्रलाई

73226342_2472952692781016-1703602442.jpg

थाहा नगरपालिकाले पर्यटकीय क्षेत्र दामनस्थित भ्यू टावर संचालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । तीन वर्षदेखि बन्द रहेको दामन भ्यू टावर पुस १ गतेदेखि २० वर्षका लागि दामन भ्यू टावर रिसोर्ट प्रालिलाई संचालनको जिम्मा दिएको हो ।

वार्षिक ५ लाख रुपैयाँ भाडामा नगरपालिकाले २० वर्षसम्म संचालनको जिम्मेवारी दिएको नगर प्रमुख विष्णु विष्टले बताए ।

गत मंसिर २६ गते दुवै पक्षबीच भएको सम्झौताअनुसार रिसोर्टले धरौटीबापत ५ लाख रुपैयाँ बुझाइसकेको छ भने भाडा वापतको ५ लाख आगामी वैशाखमा बुझाउने छ । हरेक ५ वर्षमा २० प्रतिशत भाडा बढाइने सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए ।

थाहा-४ को पर्यटकीय क्षेत्र दामनमा करिब ९ रोपनी क्षेत्रफल ओगटेको रहेको उक्त भ्यू टावरमा २ वटा टेलिस्कोपलगायत सुविधायुक्त कोठा, सभा हल र कटेज छन् । रिसोर्टले अहिले त्यहाँ मर्मतसम्भारको काम गरिरहेको छ ।

समुद्री सतहबाट २ हजार ३ सय २२ मिटर उचाईमा रहेको टावरबाट विश्वका उच्च १४ मध्ये ८ वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । त्रिभुवन राजपथ निर्माणका क्रममा विसं २०११ सालमा नक्सांकन गरिएको भ्यूटावर ०१८ सालमा निर्माण गरेको हो ।

पर्यटन मन्त्रालयअन्तर्गत रहेको यो भ्यू टावर दुई दशकसम्म सर्लाहीका एक व्यक्तिले ठेक्कामा लिएर संचालन गरेका थिए । तोकिएको ठेक्काको रकम पनि नदिएपछि सरकारले ०६५ सालमा जिल्ला विकास समिति मकवानपुरलाई ५ वर्षका लागि संचालनको जिम्मा दिएको थियो ।

सरकारले आठ वर्षअघि थाहा नगरपालिकालाई हस्तान्तरण गरेको भ्यू टावरमा ०७२ को भूकम्पले क्षति पुर्‍याएपछि नगरले मर्मत गरेको थियो ।इकान्तीपुर बाट 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg