pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दामन भ्यु टावर संचालन गर्न थाहा नगरको टेन्डर आह्वान ।

FB_IMG_1691657883418-1691657898.jpg

मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित भ्युटावरलाई २० वर्षसम्मका लागि भाडामा सञ्चालन गर्न दिन टेन्डर आव्हान गरेको छ ।

बिहीबार सूचना जारी गर्दै नगरपालिकाले २० वर्ष अवधिका लागि न्यूनतम एक करोड रुपियाँमा दिनेगरी टेन्डर आव्हान गरेको हो ।

अघिल्लो ठेकेदार कम्पनीले कोभिड-१९ का कारण रिसोर्ट चल्न नसकेको भन्दै बिचैमा ठेक्का रद्द गरेपछि भुटावर सञ्चालक विहीन भएको थियो । सञ्चालक विहीन रहेको भ्युटावर ठेक्कामा लगाउन र दामन आएका पर्यटकहरुलाई सुविधा दिन यस अघि नै १८ लाख मूल्यको टिलिस्कोप जडान गरिसकेको छ । सो टेलिस्कोप र भ्युटावरको रेखदेख ४ नम्बर वडाले गर्दै आएको छ । अब थप व्यवसायिक बनाउने लक्ष्यका साथ नगरपालिकाले ठेक्कामा लगाउने निर्णय गरेको जनाएको छ ।

गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै नगरपालिकाले ३० दिनभित्र बोलपत्र आव्हान गर्न सूचना जारी गरेको हो । सूचनामा सम्झौतासँगै २५ प्रतिशत अर्थात् २५ लाख रकम बुझाउनु पर्ने छ भने पाँच वर्षमा पहिलो किस्ता बापतको ३० प्रतिशत रकम बुझाउनु पर्ने छ । त्यसपछि दोस्रो किस्ता बापत ३० प्रतिशत १२ वर्ष भित्रमा बुझाउनु पर्ने र बाँकी १५ प्रतिशत रकम १९ वर्ष भित्रमा चुक्ता गर्नु पर्ने जनाएको छ ।

आन्तरिक राजश्व कार्यालयमा होटल तथा रिसोर्ट दर्ता गरि आ.व. ०७८/०७९ को कर चुक्ता गरेको फर्मले मात्र टेन्डर हाल्न सकिने जनाएको छ । ठेक्का पार्ने कम्पनीले नगरपालिकासङ्ग स्वीकृत गराएको भ्युटावर बाहेक सो परिसरमा अन्य होटल लगायतका संरचना निर्माण गर्न सक्नेछन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...