pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

दामन बागवानी फार्ममा हिउँदे फलफूल खेती सम्बन्धि तालिम सम्पन्न

talim-sampanna-1637738799.jpg

 केन्द्रमा आर्थिक वर्ष २०७८/०८९ को संघीय कार्यक्रम अन्तर्गत मकवानपुर जिल्ला भरिका जम्मा २४ जना विभिन्न पालिकाहरुमा कार्यरत सहायक स्तरका कृषि प्राबिधिकको उल्लेख्य उपस्थिति रहेको  एक हप्ते  हिउँदे फलफूल खेती सम्बन्धि तालिम कार्यक्रम दामन स्थित शितोश्ण बागवानी फार्म तथा नर्सरी केन्द्रमा सम्पन्न भएको छ।

 कार्यक्रम उद्घाटनको दिनमा शितोश्ण बागवानी नर्सरी केन्द्रका प्रमुख,फलफूल बिकास केन्द्र किर्तिपुर लगायत कृषि बिज्ञान केन्द्र पालुङका अधिकृत तहका बिज्ञहरुद्वारा पनि सहभागी प्रशिक्षार्थीहरुलाई  प्रशिक्षण दिईएको थियो। प्रशिक्षणकै क्रममा मंसिर ४ भएको  फिल्ड अवलोकन तथा भ्रमण कार्यक्रम अन्तर्गत थाहा(९  बज्रबाराही अवस्थित प्राकृतिक अर्गानिक कृषि फार्मका साथै  किवि फार्म ,भेडा फार्म  र चिज फार्मको पनि प्रशिक्षार्थीहरुलाई स्थलगत अवलोकन,भ्रमण गराईएको थियो।
 
उक्त एक हप्ते हिउँदे फलफूल खेती तालीम  कार्यक्रमको दौरान उन्नत जातको किबि,हलुवाबेद,जापानीज कटुस, ओखर,नास्पाती,आरु,आरुबखडा,स्ट्रबेरी र  स्याउ खेती कसरी अनि कहिले गर्ने भन्ने विषयमा तालिमका संयोजक रहेका शितोश्ण  बागवानी नर्सरी केन्द्रका बरिस्ठ प्राबिधिक समीर ज्ञानि मगरले सहभागी २४ जना प्राबिधिकहरुलाई  प्रभावकारी तरिकाले प्रशिक्षण गर्नुभएको थियो। निकै नै  उत्साहपुर्ण  सहभागीता रहेको सो कार्यक्रम ब्यबहारिक,प्राबिधिक अनि सैधान्तिक रुपले सम्पन्न भएको र  तालीमले सहभागीहरु पनि प्रोत्साहित भएको समीर ज्ञानि मगरले थाहापाटिलाई जानकारी दिनुभयो।कार्यक्रमको अन्तिम दिन प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र पनि दिईएको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...