Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

दामन पोष्ट साप्ताहिको सम्पादकमा बर्तौला नियुक्त

FB_IMG_1753969990865-1753970159.jpg

काठमाडौं । दामन पोष्ट साप्ताहिकको सम्पादकमा राम बर्तौला नियुक्त हुनुभएको छ । यसअघि पनि यस साप्ताहिकको कार्यकारी सम्पादक रहिसक्नुभएका बर्तौलालाई यसै अंकबाट लागु हुने गरी सम्पादकको जिम्मेवारी दिइएको छ ।
‎दामन पोष्ट साप्ताहिकका सम्पादक शन्तराम बिडारी प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यमा मनोनयन भएपछि बर्तौलालाई सो जिम्मेवारी तोकिएको हो । सम्पादक बिडारीले प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यमा बहाल रहुन्जेलका लागि यस साप्ताहिकको सम्पादक पदबाट पनि अलग हुनुभएको घोषण गर्नुभएको थियो ।
‎पत्रपत्रिका वर्गिकरण समेत गर्दै आएको प्रेस काउन्सिलको कार्यमा रहँदा सो कार्यमा स्वार्थ नबाझियोस् भनेर साप्ताहिकको सम्पादकबाट अलग हुनु भएपछि पत्रिकाको रिक्त सम्पादक पदमा बर्तौलालाई जिम्मेवारी तोकिएको हो । थाहा नगरपालिका, घर्तिखोलाका स्थायी बासिन्दा बर्तौला १९ वर्ष अघि दामन पोष्ट साप्ताहिक स्थापना हुँदा प्रमुख संवाददाता हुनुहुन्थ्यो । त्यसपछि उहाँ विभिन्न कालखण्डमा सहायक सम्पादक, कार्यकारी सम्पादक समेत रहँदै केही समय अध्ययन विदाका कारण पत्रिकाको प्रत्यक्ष जिम्मेवारीबाट अलग समेत रहनुभएको थियो ।
‎अधिवक्ता समेत रहनुभएका बर्तौला, नेपाली साहित्य र समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ भने साहित्यको पाटोबाट समेत चिनिनुहुन्छ । उहाँका करिव आधा दर्जन पुस्तक समेत प्रकाशित भैसकेका छन् । ‘वुद्ध पुनः एकपटक जन्म लेउ, ‘राष्ट्र उद्गार’ जस्ता कविता संग्रहका अतिरिक्त सामान्य ज्ञान र पाठ्यपुस्तक समेत उहाँद्धारा लेखिएका छन् । बर्तौला नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा प्रदेश पार्षद समेत हुनुहुन्छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg