Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दामनमा फलेको फुजी स्याउ(फोटो फिचर)

1720932311657-1720932328.jpg

समुन्द्री सतहदेखी  ७,६२० फिट उचाइमा रहेको थाहा नगरपालिकाको वडा न ४ दामनमा पर्ने  क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्र (७६ हेक्टर वर्ग कि.मि.) जसको स्थापना  बि.सं. २०२२ सालमा राजा महेन्द्रले गरेका थिए। 

हाल प्रदेश सरकार मातहत रहेर बागवानी बिकास केन्द्र दामन नामाकरण भएको केन्द्रमा राष्ट्रिय  फलफूल बिकास केन्द्र किर्तिपुरले ईटाली,साइप्रस र बेल्जियमबाट आयात गरेको उच्चतम  जातका स्याउहरु २०७३ सालमा  दामन स्थित शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्रले पनि आफ्नो बगानमा परिक्षणको निम्ति ल्याइएको थियो। जसमा जम्मा २ सय बोट उच्च घनत्व भएका (high density) जातका स्याउहरु फुजी,गाला,रेड डेलिसियस,गोल्डेन डेलिसियसको  उत्पादन गर्न  बागवानी केन्द्र दामन सफल भएको छ।
 दामन स्थित बागवानी फार्ममा लगाइएको उच्च घनत्व जातका स्याउहरुको बारेमा बागवानी का वरिष्ठ  प्राबिधिक समीर ज्ञामि मगरका अनुसार यी मध्य गोल्डेन डेलिसियस जातको भाले स्याउ चाहिँ पोलिनेसन( परागसेचन) को लागि प्रयोग  हुने र आफैंमा पनि फल लाग्ने बिशेषता भएको हुने बताउछन।
बिरुवा लगाएको पहिलो वर्षमा नै यी जातका स्याउका बोटहरुमा फल लागेको थियो। यी जातका स्याउहरुलाई बाच्न २,००० देखि ४,००० मिटरको उचाई,अत्यधिक चिसो भएको अनुकुल हावापानी  र फुल फुल्ने समयमा कम्तिमा पनि माइनस सात डिग्री सम्मको तापक्रम आवश्यक पर्ने तबमात्र यी जातका स्याउका बिरुवाहरु  सप्रन पाउने प्राबिधिक मगर बताउछन।
साथै  यस जातका स्याउहरु उत्पादन गर्नको लागि अलग्गै ब्लक बनाई एक बोट देखि अर्को बोट सम्मको दुरि १ मिटर र एक लाइनदेखि अर्को लाइनसम्मको दुरि ३ मिटर कायम गर्नुपर्दछ र उचाई १० फुट भन्दा माथी बढ्न दिनु हुँदैन,प्रत्येक साल हाँगा कटिङ गर्नु पर्दछ । त्यस पश्चात् धेरै फल लाग्ने हुन्छ। एउटा बोटमा करिब १० केजि सम्म फल फल्दछ र यी जातका स्याउको बिरुवाको औसत आयु २० देखि २५ वर्षको सम्म हुन्छ।
 फलफूल बिकास केन्द्रले हाल यस जातका स्याउका बिरुवाहरुको प्रती बोट मुल्य रु.१,१०० निर्धारण गरेको छ। दामन बागवानी फार्ममा भने बिक्रीवितरणको लागि तत्काललाई यी जातका स्याउका बिरुवा उपलब्ध नभएको बागवानीले बतायो, यस्ता  उच्च गुणस्तरका स्याउहरुको बजार मूल्य प्रतीकेजि रु.४ सय सम्म छ तर यहाँ उत्पादित स्याउको मूल्य जम्मा रु.१ सय ५० देखि २ सय सम्म मूल्य तोकिएको छ।
यसका अतिरिक्त यस बागवानी केन्द्रमा धेरै ब्लकहरु बनाई अनेकौं जातका  जापानी नासपाती,आरु,हलुवाबेद,कटुस,दाते ओखर,आरु बखडा,आरु,फुल मात्र फुल्ने आरु र किविका बिरुवाहरु जस्तै: हेवार्ड,ब्रुनो,एलिसन,रेड किवि र अबोर्ड लगाइएको छ, जसमा करिब १५०  बोट पोथी छन्।
हाल यहाँ नेपाल अधिराज्य भरबाट अत्यधिक बेर्नाहरुको माग भैरहेको बागवानी केन्द्र दामनले जानकारी दियको छ।यसैले पनि यसपालिको माग थेग्नलाई करिब  २० हजार जति फलफूलका बेर्ना बनाईएको छ। 
यसबाहेक यहाँ मौसम अनुसारका अर्ग्यानिक 
तरकारीहरुको उत्पादन अनि  सुपथ दरमा बिक्रीवितरण पनि हुने गर्दछ । आलुको बिउ,फलफूल,तरकारी,बेर्नाहरु  बिक्रीवितरणबाट यस बागवानी फार्मले बर्सेनि  २० देखि २५ लाखसम्म राजस्व संकलन गर्ने गरेको तथ्यांक छ।
बिगतमा पनि यस बागवानी फार्ममा स्याउका बिरुवाहरु लगाइएका थिए तर पहिला भएका विभिन्न जातका स्याउका बोटहरु बूढो भएर,चिसो कम भएर,रोग लागेर  मरेका छन् । तर आज बागवानी कृषि फार्मले आफ्नो सिमित र श्रोत साधनको साथ काम गर्नुपर्ने बाध्यता छ र आफ्नो छुट्टै पहिचान बनाउन संघर्षरत छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...