pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दामनमा जेठ १८ देखि चार दिने ओशो ध्यान शिविर हुँदै ।

FB_IMG_1716556368928-1716558763.jpg

थाहाको दामनमा ५ दिने ओशो ध्यान शिविर संचालन हुने भएको छ ।  जेठ १८ गते देखि २१गते सम्म दामन स्थित ओशो पदमसंभव मेरिटेशन सेन्टर शिबिरमा ४ दिने शिबिर संचालन हुन लागेको हो । 

शिबिरमा नेपाल तथा भारतका ७० जना भन्दा बढी ओशो अनुयायीहरु सहभागी हुने र दामनमा संचालन हुने ओशो शिबिरले थाहाकाे  पर्यटन प्रवर्द्धन र प्रचार प्रसारमा ठूलो सहयोग भएको थाहा होटेल एशोसियसनका अध्यक्ष समेत रहेका दामन पदमशंभव मेरीटेसन सेन्टर ओशोका संयोजक शिव कुमार खत्रीले बताए ।  
ओशोको बिचारलाई बुझ्ने ईच्छा भएकाहरुले पनि कार्यक्रममा सहभागिता जनाउन सक्ने दामन ओशो संयोजक शिव कुमार खत्री बताउँछन् ।

दामनको प्राकृतिक सुन्दरता र शितलता योग अनि ध्यान गर्नको निम्ति सबैभन्दा उपयुक्त भएकोले दामनमा नै सबैभन्दा धेरै शिबिरहरु आयोजना गर्ने गरिएको शिविर आयोजकको भनाई

थाहा नगरपालिका वडा नं.४ दामनमा बि.सं. २०६५ मा ओशो ध्यान शिबिरको स्थापना भएदेखी नै निरन्तर ओशो शिबिरहरु संचालन हुँदै आईरहेका छन् ।  बिहार,भारत घर भएका नेपालका लागि प्रमुख ब्यवस्थापक  लल्लन कुमारका अनुसार २०७९ साल सम्ममा दामनमा मात्र ४५ वटा शिबिरहरु संचालन भएका छन् । नेपालमा  भएका अन्य ओशो  शिबिरहरुको तुलनामा दामनमा सबैभन्दा धेरै शिबिरहरु संचालन हुने गरेको स्वामी लल्लन कुमार बताउँछन् ।
दामनको प्राकृतिक सुन्दरता र शितलता योग अनि ध्यान गर्नको निम्ति सबैभन्दा उपयुक्त भएकोले दामनमा नै सबैभन्दा धेरै शिबिरहरु आयोजना गर्ने गरिएको शिविर आयोजकको भनाई छ ।
४ दिन सम्म चल्ने शिविरको लागि प्रवेश शुल्क ५ हजार तोकिएको छ।५ हजार शुल्क बुझाएपछि ४ दिनसम्म आवास सहितको ध्यान शिविरमा बस्न सकिने छ तेस्को लागि  ९८५५०७२२५२ मा सम्पर्क गरेर सिट सुरक्षित गर्न सकिने आयोजकले जनाएको छ।

FB_IMG_1716556368928-1716558776.jpg

फाइल फोटो

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...