pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दामनमा गुरु रिन्पोचेको ७ फूटको मुर्तीलाई पदस्थापन गरिदै

dawa1-1695387399.jpg

दावा सेर्पा/ दामनदेखि  दक्षिणतर्फ मात्र ७ कि.मि.को दुरिमा रहेको एक ऐतिहासिक महत्त्वको गुमनाम बौद्ध धार्मिक स्थलको बारेमा कतिपयलाई ज्ञात नहोला। यो धार्मिक स्थान आम मानिसहरू देखि अज्ञात हुनुको रहस्य  थियो कोलाहलबाट बिल्कुलै टाढा राख्न कारण यो एक बिशुद्ध तपस्या क्षेत्र भएकोले  अज्ञात रहन पुग्यो तर अहिले संरक्षणको अभावले ओझेलमा पर्न गएको छ। 
यो  धार्मिक स्थल र ऋषेश्वर गुम्बा एक-अर्काको ठिक बिपरित दिशातर्फ अवस्थित छ। ॠषेश्वर गुम्बा उत्तरतिर र बसिँफाट गुम्बाचाही दक्षिणतर्फ फर्केर बसेको छ,दुबैको बिचमा बिशाल तारेभिर छ जसले यी दुबै आध्यात्मिक स्थानहरुलाई जोडेको छ। सनातन  बौद्ध धर्मको मान्यता अनुसार यी दुबै क्षेत्रमा  बौद्ध धर्मको सबैभन्दा ठुला भगवान गुरु रिन्पोचेले कुनै समय तपस्या गरिबसेको  स्थान भनी बिश्वास गर्छन् भने त्यसैगरी सनातन हिन्दु धर्मावलम्बीहरुले पनि भगवान महादेवसितको  सम्बन्धलाई बिश्वास राखी यस पबित्र स्थानलाई पुज्छन। । यी दुबै पुण्य क्षेत्रहरु भौगोलिक दृस्ठिकोणले हेर्दा अलग-अलग लागेतपनी आध्यात्मिक कोणबाट भने  एकै सिक्काका दुई पाटा हुन।

लेकाली बसिफाँट मा.वि.बाट सहजै पुग्न सकिने तर ॠषेश्वर गुम्बाबाट जङ्गलको कठिन पैदलमार्ग हुँदै पुग्न सकिने  गैरिको त्यो  बिशाल फाँट अनि तारेभिरको आगनमा रहेको गुमनाम आध्यात्मिक स्थानलाई प्रायःले बसिफाँट गुम्बा भनेर चिन्ने गर्दछन्। परापुर्व कालदेखि नै त्यस क्षेत्रमा आध्यात्मिक गुरुहरुले ध्यान ,तपस्या गर्दै आएको जन बिश्वास छ। अहिले पनि भिर-पाखाको केही गुफाहरुमा लामा गुरुहरु ध्यान,तपस्या  गरिबसेका छन् भने केही पुराना गुफाहरुमा तपस्विहरुले छोडेका निशानहरु  देख्न पाईन्छन अनि अनेकौं किम्बदन्तिहरु पनि सुन्न पाईन्छन । बौद्ध धार्मिक ग्रन्थहरुमा समेत सो  स्थानहरुको बारेमा उल्लेख  भएको बिसयलाई  विभिन्न ठाउँका लामा गुरुहरुले बताएका  छन् ।

कोलाहलमय समाजदेखी टाढा एकान्तमा रहेको त्यो प्राचीन महत्त्वको धार्मिक स्थानको संरक्षणको निमित्त अहिले बौद्ध लामा गुरुहरु, भिक्षुहरु तथा स्थानीयहरु  एक भै लागिपरेका छन् ,बिशेष गरि लोप  हुँदै गैरहेको नेपाली बौद्ध संस्कृति तथा  धार्मिक स्थानहरुको  संरक्षण अनि सम्बर्द्धन  हेतु ।

ती भिक्षुहरु मध्यको एक युवा भिक्षु पवन तितुङ्ले   सो बसिफाँट गुम्बामा गुरु रिन्पोचेको मुर्ती बनाउने सोच गरे अनि  आफ्नो भिजन गुरुहरु समक्ष प्रस्तुत गरे। गुरुहरुले उनको प्रस्ताब  सहस्र स्वीकृत गरे पश्चात् मुर्ति निर्माणको कार्य थालनी भयो। हाल सो ७ फिटको मुर्तिले पुर्णता पाउने सत्कर्म  हुँदैछ भने देश-बिदेशबाट स्वैच्छाले दानहरु पनि भैरहेको अवस्था छ। बौद्ध धार्मिक ग्रन्थहरुमा समेत उल्लेख भएको "एकै सिक्काका दुई पाटा" भनेर चिनिने सो पबित्र स्थानमा भगवान रिन्पोचेको  मुर्ती पदस्थापन गरिने सुभ साइतमा भव्य पुजापाठ गरिने  भिक्षु तितुङले बताए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...