pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दामनको ॠषेश्वर धाममा सम्पन्न भयो तेश्रो बिश्व शान्ती बौद्ध पुजा,

FB_IMG_1677776089409-1677776117.jpg

मकवानपुर जिल्लाकै पबित्र तिर्थ  ॠषेश्वर महादेव मन्दिर परिसरमा फागुन १६ गतेदेखि सुरु भएको तेश्रो   बिश्व शान्ति बौद्ध पुजा फागुन १७ मा समापन भएको छ।  यो समेत तीन वटा विश्व शान्ति पुजाहरु सम्पन्न भैसकेको ऋषेश्वरमा पुजा आयोजना गर्नमा  हेटौंडा निवासी लामा पवन तितुङ्गको प्रमुख भुमिका रहेको छ। उनकै अभियानमा विभिन्न स्थानका अवतारी बौद्ध लामा गुरुहरुलाई आमन्त्रित गरि ती पुजाहरु सम्पन्न गरिएको हो।

उक्त बिश्व शान्ति पुजा व्यवस्थित तवरले संचालन गर्नमा दामन तथा सिमभन्ज्याङ बजार व्यवस्थापन समितिले प्रमुख आयोजक "बौद्ध ऐतिहासिक तिर्थ स्थल संरक्षण तथा सम्बर्द्धन समिति" संग सहकार्य गरेको थियो। फागुन १६ गते दुबै बजार व्यवस्थापन समितिले ऋषेश्वर मन्दिरको मुल प्रवेशद्वार देखि मन्दिरसम्म सरसफाइ गरेको थियो भने १७ र १८ गतेको पुजा सम्पन्न गर्न स्वयंसेवकहरु खटाई आवश्यक सहयोग गरेको थियो। 

 बिश्व शान्ती पुजालाई भव्य रुपले सफल बनाउन अवतारी बौद्ध लामा गुरु टुल्कु साङ्गे सेडुपलाई  आमन्त्रित गरिएको थियो। विभिन्न प्रमाणहरुको आधारमा  बौद्ध धर्मावलम्बीहरुको बिश्वास अनुसार उहाँको यो दोस्रो जन्म हो। उहाँको पहिलो जन्म बि.सं.१९६९ मा हेटौंडामा भएको थियो । त्यत बखत पनि उहाँ  बौद्ध शिक्षामा पारङगत एक लामा गुरु हुनुहुन्थ्यो र ५५ वर्षकै उमेरमा उहाँको निधन भएको थियो। उहाँको पार्थिव शरीरको अन्त्यस्टी पनि उहाँकै ईच्छानुसार दामन स्थित ऋषेश्वर मन्दिर क्षेत्रमा गरिएको थियो। ऋषेस्वर गुम्बाका संरक्षक अनि संचालक  छोकी लामाको भनाइ अनुसार उहाँको स्वर्गीय बुवा र उहाँ मिलनसार मित्र भएको पनि रहस्य सुनाउनुभयो। प्रायःजसो नजिकका ठाउँहरुको बौद्ध लामा गुरुहरुले आफ्नो अन्त्यस्टिको निम्ति यसै ऋषेश्वर धामलाई नै चुन्ने गरेको इतिहासले प्रष्ट पारेको छ र वर्तमानमा पनि सो वैदिक प्रथा कायम रहेको छ।

अवतारी लामा गुरु टुल्कु साङ्गे सेडुपको वर्तमानको जन्म थलो भने सिन्धुपाल्चोक हो। उहाँले पश्चिमी भारतको कर्नाटक राज्यको मिसोर भन्ने स्थानमा रहेको एक भव्य  गुम्बा नाम्द्रोलिङ बाट सम्पुर्ण बौद्ध शिक्षा पूरा गर्नुभएको छ। बौद्ध धर्मको इतिहास  अनुसार ऋषेश्वर धाममा प्राचीन कालमा अद्वितीय शक्ति भएको महाज्ञानि,महायोगी बौद्ध तपसी, भिक्षु गुरु पद्मसम्भवले ध्यान गरि अनेकौं सिद्धीहरु प्राप्ति गरेको स्थान भनी बिश्वास गर्दै आएका छन् ।

ऋषेश्वर मन्दिर संचालन गर्न एउटा समितिको खाचो,बढ्दै छ मन्दिर वरपर फोहोर।

ऋषेश्वर मन्दिर क्षेत्रमा बढ्दै गइरहेको अजैबिक फोहोरलाई हटाउन तथा बृहत् सरसफाइ अभियानको तत्काल आवस्यकता टड्कारो देखियको छ भने त्यहा देखिएका तमाम व्यथिती र अराजक गतिविधिहरुलाई नियमन गरि धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न अनि यसको महत्व र इतिहासलाई संरक्षण गरि व्यवस्थित तरिकाले संचालन गर्न एउटा व्यवस्थापन समितिको मुख्य आवश्यकता रहेको र तेसको लागि नगरपालिका र वडा न ४ तदारुकताका साथ लाग्नुपर्ने स्थानीयको आवाज रहेको छ।

https://www.thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...